नेपाल-भारत सम्बन्ध ठुलो सानो दाजुभाई होइन सदैव सार्वभौम समानताको हो


[ss_social_share]
लेखक : लेखापढी      २८ पुष २०७७, मंगलवार १४:५० मा प्रकाशित     
नेपाल-भारत सम्बन्ध ठुलो सानो दाजुभाई होइन सदैव सार्वभौम समानताको हो

काठमाडौँ- एक भारतीय टेलिजिनलाई दिएको अन्तरवार्ताका क्रममा ओलीले दुवै मुलुक सार्वभौम रहेको बताएका छन् । प्रधानमन्त्री  ओलीले नेपाल र भारत समान हैसियतको देश भएको भन्दै ‘वडा र छोटा’ भाइको नाताको रुपमा व्याख्या नगर्न आग्रह गरेका छन् ।

उक्त अन्तर्वार्तामा ओलीले भनेका छन्, “भुगोल र जनसंख्यामा ठूलो र सानो हुनसक्छ । तर, हामी सदैव सार्वभौम समानताको कुरा गर्छौ । अर्थात हामी साना ठूला होइनौं । आकारमा सानो ठूलो हुन सक्ला । तर, राष्ट्रका रुपमा सानो ठूलो हुन सक्दैन ।”

हरेक देशले एकअर्काको सम्मान गर्नुपर्दछ, वर्तमान समय औपनिवेशिक युग नभएको बताउँदै स्वाधिनता र पारस्परिक सम्मानको युगसमेत बताए । 

ओलीले भनेका छन् “हामी चाहन्छौं हामी दुई सार्वभौमसत्ता सम्पन्न देश, दुई छिमेकी देश, जो एक क्षेत्रमा रहन्छन् । हाम्रो सम्बन्धलाई त्यही अनुरुप बुझ्नपर्यो । यो पुरानो जमाना होइन । यो औपेनिवेशिक युग होइन ।” 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •