एमबीबीएस पढिरहेका विद्यार्थीलाई नेशनल मेडिकल कलेजले परीक्षामा सहभागी गराएन


[ss_social_share]
लेखक : लेखापढी      २८ पुष २०७७, मंगलवार १५:१० मा प्रकाशित     
एमबीबीएस पढिरहेका विद्यार्थीलाई नेशनल मेडिकल कलेजले परीक्षामा सहभागी गराएन

काठमाडौँ- सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ ।

 वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबीबीएस पाचौं वर्षको बार्षिक परीक्षाबाट बञ्चित गराएको हो ।

रामजी रामले भनेका थिए ‘म परीक्षा दिन पाइन्छ की भनेर बुझ्न र दिन पाइए दिन्छु भनेर तयारी गरेर गएको थिएँ,’ रामले भने, ‘तर विधीको शासन मान्नु पर्छ । र्फम नभरेको मान्छेले परीक्षा दिन पाउँदैन भनेर मलाई आइओएमकै सरले परीक्षा दिन दिएनन् ।’ आयोगले फर्म नभरिकन परीक्षा दिन मिल्छ, निवेदन दिनु पर्दैन र अतिरिक्त शुल्क तिर्नु पर्दैन भनेकाले पैसा तिरेर र्फम नभरेको उनको दाबी छ ।

यसअघि ८ लाख ११ हजार रुपैयाँ अतिरिक्त शुल्कसमेत बुझाएका छन् । ‘सरकारले नतिर्नु भनेकाले मैले कलेजले मागेको अतिरिक्त शुल्क तिरिन् अहिले आएर यस्तो भयो,’ राम भन्छन्, ‘कलेजको लागि अतिरिक्त शुल्क लिनु लिगल हो भने सरकारको लागि इलिगल । कस्को कुरा मान्नु ?

२०७२ सालमा सरकारले नै खर्च दिएर नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै आएका उनीसँग नेसनल मेडिकल कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ ।

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •