नेपाली सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को स्थापना


[ss_social_share]
लेखक : लेखापढी      २७ पुष २०७७, सोमबार १२:५४ मा प्रकाशित     
नेपाली सेनाको मुख्यालयमा  ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को स्थापना

काठमाडौँ — नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको स्थापना गरिएको छ ।

‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७’ काे अवसरमा आयोजित कार्यक्रममा भद्रकालीस्थित ज‌ङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्‍त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ । 

पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी राष्ट्रिय कविता प्रतियोगिता २०७७ पनि आयोजना गरेको थियो । प्रतियोगितामा ३६९ कविता सहभागी भएकोमा उत्कृष्ट १० तथा छनौट भएका थप उत्कृष्ट ३० कविहरुसहित जम्मा ४० जना कविहरुले आइतबार उपत्यका पृतना मुख्यालयको अडिटोरियम हलमा कविता वाचन गरेका थिए ।

साथै त्यही दिन उत्कृष्ट ३० कविहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण पनि गरिएको थियो । त्यस्तै उत्कृष्ट १० कविहरुलाई सोमबार नेपाली सेनाको जङ्गीअड्डास्थित सभामण्डप हलमा वाचन गरी प्रमाण पत्र तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पनि सेनाले जनाएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •