क्रमभङ्गः लघुकथा


 क्रमभङ्गः लघुकथा

 “भगवान साताे गयाे !”
एक ठाउँमा धुप, दीप, नैबेद्य, भेटी, अबिर र अछेता देवताका लागि भाकिभाकी झाँक्री परतिर फाल्दैथियाे ।
अर्काे ठाउँमा खरानी र बेसार मिसिएकाे भूतकाे खान्की थियाे ।

–“लाै ! जा ! मन्साइदिएकाे छ । आफ्नाे थान्काेमा बस !” अग्रगमन कामिरहेकाे थियाे । पश्चगमन चाेला फेर्ने अनेक दाउ लगाएर बहाना बनाउँथ्याे ।

एकैछिनमा झाँक्री पुर्लुक्क ढल्याे । उसले भूत भगाउने मन्त्र भन्याे ।

कहिले कस्ले,कहिले कस्ले डस्ने पहलमानी चल्याे । यत्तिकैमा भूतले झाँक्रीलाई भन्याे । –“तँलाई खाइदिउँ ?

–“वल्लाे खाेला पल्लाे खाेला बादुरे छाेड्दे मलाई ।” उनीहरूकाे लडाइँ सुरूभयाे । कहिले कस्ले,कहिले कस्ले डस्ने पहलमानी चल्याे । यत्तिकैमा भूतले झाँक्रीलाई भन्याे । –“तँलाई खाइदिउँ ?” –“कसरी खाने हिम्मत छ, तँसँग !” –“अविश्वास प्रस्तावले !” दाेहरी चलिरहेकाे थियाे ।

टुप्लुक्क आएकाे धुपाैरेलाई झाँक्रीले भन्याे !
–“लाै ! लैजा यसलाई सडकमा !”


डा. विदुर चालिसे
आरूवारी, काठमाडौं
(“आधुनिक नेपाली लघुकथा समूह” सँगको सहकार्यमा हरेक हप्ता सोमबार लघुकथा प्रकाशन गर्ने गरेका छौ )