प्रधानमन्त्रीलाई प्रचण्ड–माधव समूहको चेतावनी : पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊ


[ss_social_share]
लेखक : लेखापढी      २६ पुष २०७७, आईतवार २१:३७ मा प्रकाशित     
प्रधानमन्त्रीलाई प्रचण्ड–माधव समूहको चेतावनी : पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले चार पूर्वप्रधानन्याधीशहरुलाई धम्याउने कार्य तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी  समेत दिएको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको वक्तव्यलाई लिएर प्रधानमन्त्री ओलीले धम्की दिएको भन्दै आपत्ति जनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गरेका छन् ।

बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिलाई यसप्रकारको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय समेत गरेको उहाले बताउनुभयो ।

बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गरे ।

 

Spread the love !
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares