अग्रज सङ्गीतकार राम धामी अब सम्झनामा


[ss_social_share]
लेखक : लेखापढी      २६ पुष २०७७, आईतवार २०:५१ मा प्रकाशित     
अग्रज सङ्गीतकार राम धामी अब सम्झनामा

इटहरी । इटहरीका बरिष्ठ संगीतकार राम धामीको निधन भएको छ । ५५ वर्षीय धामीको आज धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हाे । 

इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानका अध्यक्ष राम धामी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व–प्राज्ञसभा सदस्य थिए । थारु जातीय लोपोन्मुख झुम्रा नाचबारे विशेष खोज -नुसन्धान गरेका सयभन्दा बढी गीत सङ्गीबद्ध गरेका थिए भने उतिकै सङ्ख्यामा गीत गाएका पनि थिए । 

पछिल्लाे समय कारोना कोरोना कोरोना … कोरोनाको साङ्लोलाइै ताडौँ न,’ भन्दै आफ्नै शब्द, सङ्गीतमा गाएर युटुबमा राख्ने चर्चित सङ्गीतकर्मी तथा गायक राम धामी कोरोना जितेर अघि बढे पनि निमोनियासँग हारेका छन् । कोरोना पोजेटिभ भएर दुई हप्ताअघि धरानको कोभिड अस्पताल भर्ना गरिएका धामीको बुधबार पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •