प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने


[ss_social_share]
लेखक : लेखापढी      २६ पुष २०७७, आईतवार १०:५४ मा प्रकाशित     
प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन् ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •