काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । उहा केही समय यता अल्जाम्यमर्सबाट पीडित थिए । वि.सं.१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको हिजो विहान निधन भएको हो ।
गायिका अरुणा लामाले गाउनु भएको गित- ” जुन फूल मैले चाहेको थिएँ” र ”उदास मेरो जीवन कथा”, उहाका धेरै गीतहरु नारायण गोपाल, फत्तेमान, दिप श्रेष्ठ, तारा देबी, डेजी बराइली साथै अन्य गाएक-गायिकाको स्वरमा रेकर्ड भैसकेका छन्| ”हु यात्री एउटा”, ”आफ्नै कथा जिन्दगीको”, ”अमर माया छाडेर जाने प्रदेशी आएँन”, ”जिन्दगीका पाना भरि सुख भेटिदैन” उनका लोकप्रिय गीतहरु हुन् । उनले आधुनिक शैलीका भन्दा पनि धेरै राष्ट्रिय गीतहरु लेखेका छन् । चर्चित गित संगै कविताहरु पनि लेख्ने गर्दथे ।
उनले कबि लेखनाथ पौड्यालको प्रेरणाले कविता लेख्न थालेका थिए । वि.सं. २००५ सालबाट कविता लेख्न थालेका रिमालको नेपाली साहित्य क्षेत्रमा बिशेष अमुल्य योगदान रहेको छ ।
हिजो नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।