नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार स्वदेश फर्किएका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि पुस २० गते भारतको मुम्बई गएका प्रचण्ड शनिवार स्वदेश फर्किएका हुन् ।
अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरा लगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
उनले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गंगा र रेणु दाहाललाई छाडेर स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।
लामो समयदेखि पार्किन्सनजस्तो देखिने गम्भीर रोगबाट पीडित सीताको थप उपचार मुम्बईको न्युरोजिन ब्रेन एण्ड स्पाइनल इन्टिच्युटमा उपचार भएको छ ।