काठमाडौं । काठमाडौंमा धोती जुलुस निकालिएको छ । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्याली निकालिएको थियो ।
उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए ।
उनीहरुले धोती कुर्ता लगाएर शनिबार प्रधानमन्त्री ओलीको पक्षमा र्याली निकालेका हुन्।
लुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए ।
ओलीले संसद् विघटन गरेर असंवैधानिक कदम चालेपछि नेकपा विभाजन भएको छ । ओली समूह हाल अल्पमतमा छ ।