“हेलो सर नमस्कार ! म मौरी पालक किसान हुँ । खै त हामीलाई अनुदान रकम । के हो दुर्गम भेगको दलित भनेर हेप्नु भाको ?” “होइन होइन तपाई कहाँबाट को बोल्नु भाको हो ? सुरुमा आफ्नो परिचय त दिनुहोस् हजुर ।”
“म तारेभिर गाउँपालिका ३ बाट बादुरे सार्की बोल्दैछु ।” “ए ए ! तपाइले कार्यालयमा अनुदान पाउँ भनि निवेदन दर्ता गराउनुभएको छ त ?” “अहँ छैन”
“अनि हामी कसरी थाहा पाउनु त हजुर । ठीक छ अब जानकारी भयो । अनि अर्को कुरो अनुदानका लागि कम्तीमा दश घार मौरी हुनुपर्छ । छन् त तपाइको ?”
“अ छन् । पुरै दश घार । छिटो आउनुहोला ।”
तपाइलाई हामीले बारम्बार खबर गर्दा पनि मौरी घार हेर्न नआउने । के हो पारा ?”
“हस् बाई” कुरो सिद्धियो । कृषि प्रा.स.ले उक्त किसानको नाम, ठेगाना, मोबाइल नम्बर आफ्नो डायरीमा टिपे र उपयुक्त समयमा फिल्ड मिलाएर हेर्न जाने निधो गरे ।
केही दिनपछि कृषि प्रा.स.को मोबाइल फेरि बज्यो । फोन उठाए । अपरिचित व्यक्तिको आवाज आयो, “हेलो, तपाई कृषिको कर्मचारी हो ।” “अ हो सर । किन र तपाई को बोल्नु भाको होला ?” “म तारेभिर गाउँपालिका ३ को वडा सदस्य बोल्दैछु । तपाइलाई हामीले बारम्बार खबर गर्दा पनि मौरी घार हेर्न नआउने । के हो पारा ?” प्रा.स. अक्क न बक्क परे । उनले अस्तिको मौरी पालक किसानले नै फोन गर्न लगाएछन् भन्ने सोचे अनि भने, “ए ए हुन्छ । हामी छिट्टै समय मिलाएर आउनेछौ ।” यति भनेर फोन राखे ।
प्रा.स.को पहिलो नजर उक्त घारहरूमै पर्यो । दश मध्ये दुईवटा घारमा मात्रै मौरी थिए बाँकी आठवटा रित्तै थिए ।
कृषि प्रा.स. भोलिपल्ट बिहानै उक्त किसानको मौरी हेर्न फिल्ड गए । पहाडको बाटो धुलाम्य कच्ची थियो । मोटरसाइकलमा जेनतेन ३ घण्टा गुडाएर कृषकको घर पुगेँ । घरको बार्दलीमा दश वटा मौरीका घार सजाएर राखिएका थिए । प्रा.स.को पहिलो नजर उक्त घारहरूमै पर्यो । दश मध्ये दुईवटा घारमा मात्रै मौरी थिए बाँकी आठवटा रित्तै थिए ।
यत्तिकैमा उताबाट मौरी पालक किसान र वडा सदस्य हातमा सुन्तलाको थाली र महको कचौरा बोकेर स्वागतका लागि आउँदै थिए ।
यत्तिकैमा उताबाट मौरी पालक किसान र वडा सदस्य हातमा सुन्तलाको थाली र महको कचौरा बोकेर स्वागतका लागि आउँदै थिए । तर यता प्रा.स. भने अस्ति किसान र वडा सदस्यसँग भएको फोन संवाद, तिनिहरूको झुटको खेती सम्झिँदै मौरी घारमा आँखा गडाइरहेका थिए ।
राजेन्द्र शर्मा
बेदकोट नपा ३, कञ्चनपुर