चन्द्रागिरी हिल्सको आइपीओ पहिलो दिन मै माग भन्दा करिब ४ गुणा बढी आवेदन


[ss_social_share]
लेखक : लेखापढी      २५ पुष २०७७, शनिबार ०४:११ मा प्रकाशित     
चन्द्रागिरी हिल्सको आइपीओ पहिलो दिन मै माग भन्दा करिब ४ गुणा बढी आवेदन
काठमाडौं – चन्द्रागिरी हिल्सको आइपीओमा ४७ लाख ९६ हजार ७०० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउसो ३.३० बजेसम्म २ लाख ३१ हजार ८९२ जना लगानीकर्ताले ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने १३ लाख ९६ हजार २२ कित्ताको ३.४३ गुणा धेरै आवेदन हो । 
 
चन्द्रागिरी हिल्सले आज शुक्रबार (पुस २४ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । 
 
बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् । 
 
यसमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ । यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।
50% LikesVS
50% Dislikes
Spread the love !
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares