आकर्षित नहुने धारा प्रयोग गरेर विघटन गरेको चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष


[ss_social_share]
लेखक : लेखापढी      २४ पुष २०७७, शुक्रबार १९:४७ मा प्रकाशित     
आकर्षित नहुने धारा प्रयोग गरेर विघटन गरेको चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष

काठमाडौं । चारजना पूर्वप्रधानन्यायाधीशले आकर्षित नहुने धारा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

पुर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् र केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधि सभा विघटन गर्ने अधिकार एवम् व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको पाइन्छ ।”

विज्ञप्तिमा थप भनिएकाे छ “दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्तो कुनै परिस्थितिले जुन प्रयोजनको लागि जे कुरा गर्न व्यवस्था गरिएको छ सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन । सपष्टरुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधि सभा विघटन गर्नेजस्तो अधिकार आफूमा अन्तर्निहीत रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन ।”

उनीहरूले अदालततर्फ सङ्केत गर्दै भनेका छन्, ‘प्रजातन्त्र, कानुनी राज्य र विकासका लागि यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षणका लागि अनुरोध गर्दछौँ।’

प्रतिनिधिसभा र सरकारको स्थिरताका लगि संविधानले गरेको व्यवस्थाको उपेक्षा गरी संसद भंग गर्नु असामान्य राजनीतिक र संवैधानिक गतिरोध भएको चार पूर्व प्रधानन्यायाधीशको ठहर छ ।

www.lekhapadhi.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •