प्रधानमन्त्रीको सभास्थलबाट ‘निर्मलाको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने युवा पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २४ पुष २०७७, शुक्रबार १९:३२ मा प्रकाशित     
प्रधानमन्त्रीको सभास्थलबाट ‘निर्मलाको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने युवा पक्राउ

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली सहभागी आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका हुन । 

सभास्थलमा ओलीको विरोधस्वरुप उक्त टि–सर्ट लगाएर गएका धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए ।

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •