गजलः रघुविर चन्द


गजलः रघुविर चन्द

गणतन्त्र प्रजातन्त्र एकादेशको कथा बन्यो
जुनै तन्त्र आएपनि निमुखालाई ब्यथा बन्यो

महिनौं देखि मरूभूमिमा तिर्खाएका उँट झैं आए
राष्टिय ढुकुटी सबै यिनकै जायजेथा बन्यो

अगुवा माझ भाँडभैलो स्वार्थले सीमा नाघ्यो
बिश्वासको झडपैले न यता न उता बन्यो

मक्किएको धागोसरी चुडिदै जादापनि
एक अर्काको खुट्टा तान्ने मात्रै यहाँ प्रथा बन्यो

साँढेको जुधाईमा बाच्छा सधैं मिचीरहे
जहिले नि मुलुकको पराई हर्ता कर्ता बन्यो


रघुबीर चन्द 
बेदकोट नगरपालिका 
सुदुरपस्चिम 


Please Write and mail us your creation: lekhapadhimedia@gmail.com

Visit Once www.lekhapadhi.com