रेलसेवा संचालन हुने: जनरल बोगी ७० र एसी बोगी ३०० रुपैयाँ भाडा


[ss_social_share]
लेखक : लेखापढी      २४ पुष २०७७, शुक्रबार ०३:०५ मा प्रकाशित     
रेलसेवा संचालन हुने: जनरल बोगी ७० र एसी बोगी ३०० रुपैयाँ भाडा

बिगत दुई वर्षदेखि पटक–पटक मिति तोकिएर सञ्चालन हुन नसकेको जनकपुर–जयनगर रेल सेवाको पछिल्लोपटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ ।
सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेसन र हल्टसमेत निर्माण भइसक्दा इन्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन । तर, अहिले भारतबाट दुईओटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । भारतबाट खरिद गरिएको दुईओटा रेल अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेसनमा थन्क्याएर राखिएको छ ।

महाप्रबन्धक भट्टराईले रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाको समेत मर्मत–सम्भारको काम लगभग पूरा भइसकेको बताए । उनले रेल सञ्चालनका लागि आवश्यकपर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको बताए ।

महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० रुपैयाँसम्म तोकिएको छ । उनले प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा पाँच गुणा बढी भाडा तोकिएको बताए ।

महाप्रबन्धक भट्टराईले एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खन्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने जानकारी दिए । दुई वा दुईभन्दा बढी स्टे्सनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँचओटा स्टेसन राखिएको छ ।

जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्री ओसारपसार मात्रै हुनेछ । स्टेसन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए ।

जनकपुर–जयनगर रेल्वेको साइट इ्न्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न एक घण्टा लाग्ने बताए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •