धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिचोलन भट्ट धनगढी विमानस्थल गएनन ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले आधिकारीक रुपमा प्रधानमन्त्री आउने जानकारी मुख्यमन्त्रीको कार्यालयलाई नआएको बताएका छन् । प्रधानमन्त्रीको भ्रमणको औपचारिक जानकारीसमेत नआएकाले मुख्यमन्त्री भट्ट स्वागतका लागि नजाने भएका हुन् ।
मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, “उहाँ आउने जानकारी पनि दिइएको थिएन। त्यसबाहेक उहाँ गुटको कार्यक्रमका लागि आउनुभएको हो । त्यसैले उहाँको स्वागतका लागि मुख्यमन्त्रीज्यू जानु भएन ।”
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा विवाद देशैभर चुलिएको छ । मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल समूहमा छन् ।