जो बाइडेन नयाँ अमेरिकी राष्ट्रपति घोषित: अमेरिका


जो बाइडेन नयाँ अमेरिकी राष्ट्रपति घोषित: अमेरिका

अमेरिकामा कंग्रेसले जो बाइडेन र कमला ह्यारिसलाई आगामी अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका रुपमा आधिकारिक स्वीकृति प्रदान गरेको छ ।

उपराष्ट्रपति माइक पेन्सले यसबारे औपचारिक घोषणा गरेका हुन् । त्यस्तै प्रतिनिधि दल र सिनेटसम्बन्धी इलेक्टोरल मतहरु पनि स्वीकृत भएको बताइएको छ । बुधबार ट्रम्प समर्थकहरुले हिंसात्मक प्रदर्शन र क्यापिटल हमलामार्फत यही समारोह अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

यससँगै राष्ट्रपति ट्रम्पले पनि प्रक्रियाबद्ध रुपमा सत्ता हस्तान्तरणको कार्यक्रम सम्पन्न हुने प्रतिबद्धता जनाउँदै नयाँ बयान सार्वजानिक गरेका छन् । उनका प्रवक्ताले ट्विटरमार्फत उनको भनाइ राखेका हुन्, “निर्वाचनको नतिजासँग म पूर्ण रुपमा असहमत भए पनि जनवरी २० मा उपयुक्त प्रक्रिया अपनाइ कार्यभार हस्तान्तरणको काम हुनेछ । तर वैध मतगणना हुनुपर्ने कुरा सुनिश्चित गर्ने विषयचाहिँ म सधैँ लडिरहनेछु । यससँगै अमेरिकी इतिहासको महान् पहिलो कार्यकाल समाप्त भएको छ तर यो केबल सुरुवात हो र अमेरिकालाई महान् बनाउने हाम्रो लडाइँ जारी रहनेछ ।”

ट्रम्प अभियानले नोभेम्बरमा भएको चुनावविरुद्ध दायर गरेका ६० भन्दा बढी मुद्दा असफल भएका छन् । -बिबिसी