राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त


[ss_social_share]
लेखक : लेखापढी      २३ पुष २०७७, बिहीबार १९:१५ मा प्रकाशित     
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षको जिम्मेवारी धनीराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैंठकले शर्मालाई अध्यक्ष चयन गरेको हो । अर्थमन्त्रालयका  सहसचिवसमेत रहेका शर्मा अर्थबाट प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक थिए ।

यसअघि गत भदौमा नै बैंकको अध्यक्ष बनाउनेगरी विवादस्पद छबि भएको उपप्रधानमन्त्री ईश्वर पोख्रेलका सम्धी उपेन्द्रकेशरी कोइरालालाई बैंकको अध्यक्ष बनाउने योजनाका साथ सञ्चालक नियुक्ति गरिएपछि चर्को विरोध भएको थियो । तर सार्वजनिक रुपमा नै कोइरालालाई बैंकको अध्यक्ष बनाउन नहुने भन्दै विरोध भए पनि त्यतिबेला बैंक सञ्चालक नियुक्त भए पनि अध्यक्ष बन्नबाट बन्चित बने । जसले गर्दा बैंक अध्यक्षविहीन थियो ।

त्यसको साढे चार महिनापछि उनी नभइ धनीराम शर्मा बैंकको अध्यक्ष चयन भएका छन् ।  बिहीबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।  उनले आजै राष्ट्र बैंकका गभर्नरसमक्ष पद तथा गोपनीयताको सपथ लिएर कार्यभार समेत ग्रहण गरिसकेका छन् ।

यसअघि पनि अध्यक्ष नरहेको अवस्थामा उनकै अध्यक्षतामा बैंक सञ्चालक समितिको बैठक बस्ने गरेको सीईओ श्रेष्ठले बताए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •