रवि लामिछानेले छाडे न्युज २४, नयाँ टिभी खाेल्ने याेजनामा आबद्ध


[ss_social_share]
लेखक : लेखापढी      २३ पुष २०७७, बिहीबार १९:४७ मा प्रकाशित     
रवि लामिछानेले छाडे न्युज २४, नयाँ टिभी खाेल्ने याेजनामा आबद्ध

चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनकाे कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।

उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ । ‘उहाँले पाँच महिनाअघि नै राजीनामा दिनुभएको थियो । स्वीकृतचाहिँ भएको छैन’, सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यले भने, ‘नयाँ योजनामा केन्द्रित हुनुपर्ने समय आएकाले उहाँ (रवी लामिछाने) ले टिभी छाड्नुभएको छ ।’ 

लामिछानेले भनेका छन सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताए । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन । नयाँ योजनामा काम गरिरहेकाे छु | ‘अझ फराकिलो, परिमार्जित, प्रभावकारी कार्यक्रम लिएर छिट्टै आउने छु ।’

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •