भारतका विभिन्न राज्यमा बर्ड फ्लु देखियोः हजारौँ पन्छी मारिँदै


[ss_social_share]
लेखक : लेखापढी      २२ पुष २०७७, बुधबार १४:५० मा प्रकाशित     
भारतका विभिन्न राज्यमा बर्ड फ्लु देखियोः हजारौँ पन्छी मारिँदै

नयाँदिल्ली – भारतमा कोरोना भाइरसको महामारीबाट जुधिरहेको समयमा विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ ।  कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो।

मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखन्डमा चराहरूको अचानक मृत्यु भएपछि बर्ड फ्लूको आशंका गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । 

भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ।

विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए।

भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।

भारतमा बर्डफ्लु देखिएकाले नेपालमा पनि फैलिन सक्ने सम्भावना उच्च हुने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। 

पशु स्वास्थ्य निर्देशनालयले सार्वजनिक सूचना निकाली पंक्षीपालन तथा ओसारपसारमा संलग्न सहित सम्पूर्ण सरोकारवालालाई सचेत रहन आग्रह गरेको हो।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •