सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहराद्वारा राजीनामा


[ss_social_share]
लेखक : लेखापढी      २२ पुष २०७७, बुधबार १९:४२ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहराद्वारा राजीनामा

धनगढीः सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । हालै ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन् । 

नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् ।

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।उनले बुधबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनको आयाेजना गरी पदबाट राजीनामा दिएकाे बताएका हुन्। 

ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।

 

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •