काठमाडौं । संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन जुलुस निकालेको छ । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको हाे ।
जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् ।
संसद् विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै विभाजित अनेरास्ववियुको एउटा समूह सडकमा आएको हो ।
उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ?’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।
उनीहरूले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने पनि बताएका छन् ।