काठमाडाैं । वायु प्रदूषण बढेको भन्दै वातावरण अभियन्ताहरुले बुधबार काठमाडौंकाे माइतिघरमा प्रदर्शन गरेको छन् । काठमाडौंको माइतिघरमा प्रदर्शन गर्दै अभियन्ताहरुले प्रदूषण रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बुधबार अपरान्ह ४ बजेको अध्यवधिक विवरण अनुसार काठमाडौंको वायु प्रदूषण विश्वको ३३औं स्थानमा छ ।
उनीहरुले स्वच्छ सास फेर्न देउ, प्रदुषण अन्त्य नभए हाम्रो अन्त्य हुनेछ, बिद्युतिय सवारी साधनलाई प्रोत्साहन गर लगाएतका प्लेकार्ड बोकेका थिए ।