पाकिस्तानी सुपर लिगको ड्राफ्टमा सन्दीप लामिछाने


[ss_social_share]
लेखक : लेखापढी      २१ पुष २०७७, मंगलवार २०:५१ मा प्रकाशित     
पाकिस्तानी सुपर लिगको ड्राफ्टमा सन्दीप लामिछाने

काठमाडौँ — नेपाली क्रिकेट खेलाडी लेगस्पिनर सन्दीप लामिछानेलाई पाकिस्तानी सुपर लिगको (पीएसएल) २०२१ को लागि प्लाटिनम ड्राफ्टमा परेका छन् ।

पाकिस्तान सुपर लिग आयोजक पाकिस्तान क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप विदेशी खेलाडीतर्फ प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परेका हुन् । पीएसएलको लागि यो महंगो मूल्यको खेलाडी समावेश क्याटेगोरी हो ।

यसमा २५ खेलाडी छन् र नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपले खेलाडीको लिलामी हुँदा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायेन ब्राभो, इंग्ल्यान्डका मोइन अलि र डेविड मालिन जस्ता खेलाडीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

छैटौं सिजनको पीएसएलको लागि ड्राफ्ट आगामी जनवरी १० मा लाहोरमा हुनेछ । सन् २०१८ मा सन्दीपले लहोर कलन्दर्सबाट खेलिसकेका छन् ।

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •