अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई


अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई

चितवन । पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुुर महानगर कमिटीले सोमबार यहाँ आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलामा उनले भने, ‘‘प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएकोजस्तो छ ।’’

नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन उनलाई आग्रह गरे । 

नेकपा नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन कानुनविपरीत भएको बताउँदै यसलाई कानुनले नै सच्याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले बोलेका थिए ।