सडककाे बायाँ किनारकाे पेटिमा, माेचीहरु लाईनै बसेर, बिभिन्न ब्यक्तिहरुका जुत्ता चम्काई रहेका थिए । मिठा मिठा गफहरुले, ग्राहकहरुलाई मख्ख पारिरहेका थिए ।
म पनि जुत्ता पालिस गर्ने बिचारले त्यहाँ पुगे । माेचीहरुकाे लाईनकाे छेउ पट्टी एउटा ८/९ बर्षकाे फुच्चे भाई मलाई नै हेरिरहेको थियाे । मैले उसको आसय बुझें र सरासर उसैकाेमा पुगेँ र साेधें :- जुत्ता पालिसकाे कति लाग्छ भाई ?
पचास रुपैया लाग्छ हजुर भन्दै, म तिर मुडा सारिदियाे । अलि महंगो भएन ? म चालिस दिन्छु ल, भन्दै म मुडामा बसे ।
उसकाे उमेर, उसकाे कामकाे लगाब, उसकाे हाउ भाउ, देखेर मलाई पनि उसंग केहि गफ गर्न मन लाग्याे र साेधे, “तिमी स्कुल जादैनौं ?”
के गर्नु हजुर, जमाना पनि महंगै छ । फेरि यहाँ सबैकाे रेट एउटै छ, भन्दै मेरा जुत्ता मस्काउन थाल्याे । उसकाे उमेर, उसकाे कामकाे लगाब, उसकाे हाउ भाउ, देखेर मलाई पनि उसंग केहि गफ गर्न मन लाग्याे र साेधे, “तिमी स्कुल जादैनौं ?”
उसले भन्याे “जान्न हजुर।”
किन ? पढ्न पर्दैन ?
उसले भन्याे “पर्छ नि हजुर, म घरमै दिदीसंग बेलुका बेलुका, पढ्छु । दिदी स्कुल जान्छे । मलाई बेलुका सिकाउछे।”
मैले फेरि साेधे –अनि दिदी चाहि स्कुल जाने, तिमी चाहि न जाने किन?
दशतिर भौतारियाे अनि अन्तमा खाडीका देश तिर हानियाे । बरु ऐले देखिनै बाबुबाजेका पालादेखिकाे पेशामा लागे भने त, भन्दै मलाई जुत्ता जिम्मा दियाे ।
उसले मेरा मुखमा नहेरी भन्न थाल्याे । के गर्नु हजुर स्कुल गएर, स्कुलमा काम सिकाउदैनन्, सीप सिकाउदैनन्, जीबिकाकाे बाटाे सिकाउदैनन् । बल्लतल्ल १२ पास गर्याे, हातमा प्रमाण पत्र देखि अरु केहि हुँदैन । दशतिर भौतारियाे अनि अन्तमा खाडीका देश तिर हानियाे । बरु ऐले देखिनै बाबुबाजेका पालादेखिकाे पेशामा लागे भने त, भन्दै मलाई जुत्ता जिम्मा दियाे ।
म भाबुक बने, मेराे बाेल्ने शब्द सकियाे । उठेर पर्सबाट सयकाे नाेट निकालेर उ तर्फ बढाएँ ।
“हजुर म श्रम र मेहनतकाे पैसा मात्र लिन्छु मलाई बक्सिश चाहिदैन”
हजुर पहिलाे बाेहनी हाे, खुद्रा छैन ।
याे सबै दिएकाे हाे, राख न । मैले भने तिमीलाई बक्सिश भयाे उसले जुरुक्क उठेर भन्यो, “हजुर म श्रम र मेहनतकाे पैसा मात्र लिन्छु मलाई बक्सिश चाहिदैन” भन्दै साथीहरुसंग पैसा साटेर मलाई फिर्ता गर्याे र फेरि फेरि आउनु हाेला है भन्दै आफ्ने ठाउँमा गएर बस्यो ।
बिष्णु उप्रेती
ठेगाना : बिर्तामोड, झापा