नेकपा विभाजन भएको घोषणा हुन मात्र बाँकी छ : मन्त्री तुम्बाहाङ्फे


[ss_social_share]
लेखक : लेखापढी      २० पुष २०७७, सोमबार १४:४२ मा प्रकाशित     
नेकपा विभाजन भएको घोषणा हुन मात्र बाँकी छ : मन्त्री तुम्बाहाङ्फे

विराटनगर । चुनाव हुँदैन भनेर अविश्वास नगर्न भूमि व्यवस्था गरिबी निवारण तथा सहकारीमन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । उनले नेकपा विभाजन भयो भनेर घोषणा गर्न मात्र बाँकी रहेको बताइन् ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले भनिन्, “नेकपा विभाजन भयो भनेर घोषणा नै भएको छैन ।” उनले कालापानी, लिम्पियाधुरा समेटिएको नक्सालाई निसान छापमा समेटेर संविधानले समेत चिन्ने बनाउँदा समर्थन गर्नेहरुले सरकारको राम्रो कामबारे भने बोल्न नसकेको बताइन् ।

पहिले सरकारमा हुनेहरुले संसद्‌मा साथ दिएको तर सरकारले गरेका राम्रा कामबारे भने प्रशंसा गर्न नसकेको जिकिर गर्दै भनिन्, “केही अघिसम्म सरकारमा हुनेहरुले पनि सरकारले गरेका राम्रा कामबारे भन्न सक्नु भएको छैन ।” उनले चुनाव हुँदैन भनेर शंका नगर्न आग्रह गर्दै सुरक्षा निकाय र निर्वाचन आयोगले तयारी गरेपछि चुनाव सुनिश्चित हुने दाबी गरिन् ।
 
मन्त्री तुम्बाहाङ्‌फेले संविधान विघटन अग्रगमनका लागि उचित भएको सुनाउँदै प्रदेशसभा पनि विघटन हुन्छ भनि सोधिएको प्रश्नमा कानुनी रुपमा प्रदेशसभाको आफ्नै ऐन कानुन भएकाले यो क्षेत्राधिकार प्रदेशकै हुने बताइन् । भनिन्, “प्रदेशको आफ्नै कानुन र अधिकार छ यसको निर्णय प्रदेशले नै गर्ने हो ।” उनले नेकपाको खातापातासम्बन्धी विवाद नियमअनुसार कानुनी प्रक्रिया पूरा गरी बन्द गर्नुपर्ने बताइन् ।
 
दाहाल-नेपाल समूहले नै कारबाहीको शृंखला सुरु गरेको जिकिर गरिन् । विदेशी शक्तिले जोड्ने र तोड्नेभन्दा पनि यो आफैं हुने अनि नियमअनुसार हुने विषय भएको बताइन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •