गणतन्त्र ध्वस्त हुने पथमा लम्केकै हो त ?


[ss_social_share]
लेखक : लेखापढी      १९ पुष २०७७, आईतवार ०४:५० मा प्रकाशित     
गणतन्त्र ध्वस्त हुने पथमा लम्केकै हो त ?

गणतन्त्र मुर्दावाद भन्ने बित्तिकै राजसंस्था व्युतिने होर? गाली गरेर सरापेर र अर्कालाई निच देखाएर राजसंस्था पुनर्स्थापना होला भन्नेमा रत्तिभर बिश्वास राख्नु हुँदैन। यता प्रधानमन्त्री केपिले संसद नै बिघटन गरिदिए, राजसंस्था समर्थक दङ्ग पर्दै राजसंस्थाको सपना देख्न थाले। अङ्ग्रेजी बर्ष दुईवटा सुन्य २०२० भएकोले बर्षको अन्तिममा आएर नेपालको राजनीतिमा पनि सुन्यको अबस्थामा आएर टुङ्गिन थाल्यो भलै पुरै भ्याकुमको स्थिति आईसकेको छैन।

चीनबाट उच्च स्तरिय टोली चिनियाँ उप प्रधानमन्त्रीको नेतृत्वमा नेपालमा नेताको नाक भाँच्दिने शैलीमा भ्रमण गरेका तर चिनियाँ प्रतिनिधि मण्डल रित्तो हात फर्केको महशुस हुन्छ। तर आफ्नो सुरक्षामा आंच आएको देखिए चिनले हात बानेर बस्दैन भन्ने कुरा चाहिँ सोह्रै आना साचो हो ।

अङ्ग्रेजी २०२१ नया सालमा सुन्यको सट्टा १ थपिएकोले अब चाहिँ केही होला भन्ने अन्धबिश्वास पनि बढ्दै गएको छ। हुन त नम्बर १ भनेको उत्कृष्ट नै हो तर हेर्दै जाउँ खेल कता जान्छ। यहि समयमा पश्चिमा पनि आफ्नो १ नम्बर स्थानमा नै रहि रहन विभिन्न हतकण्डा प्रयोग गर्दै आएका छन्। एमसिसि बहुमतबाट स्पष्ट पास गर्ने प्राबधान संसद बिघटन पछि सिद्वियो भन्ने आंकलन अब झन् शंकास्पद भएर गएको छ। संसद भङ्ग हुनू केही हप्ता पहिला पश्चिमाको भर्पर्दो मान्छे डा. महतले एमसिसि पास हुनुपर्ने टिप्पणी एक अन्तर्वार्तामा राख्दा पश्चिमा र तिनका दलेहरू अझै प्रयासरत छन् भन्ने बुझिन्थ्यो। अकस्मात् भर्खरै डा. बाबुरामको पक्षधर नव नियुक्त जलस्रोत मन्त्री रायमाझीले प्रचण्डले भनेर हुन्छ एमसिसि पास हुन्छ भन्दा अब यसमा दुईमत रहेन कि संसद भङ्गको मुख्य उध्येश्य रअ र सिआएको डिजाईनमा भएको हो भन्ने कुरामा।

यति हलुको रूपले राजा ज्ञानेन्द्रलाई चीनले हेरेको देख्दा ताज्जुव लाग्छ। जो राजाले भुटान सरह बस्न चाहेन र राजसंस्थाको राजकिय परम्परालाई नत्यागेर बेबी किङको भारतको छारो हाल्ने प्रस्ताव सहर्ष स्विकारेन भने राजा ज्ञानेन्द्रले राजसंस्थाको पुनर्स्थापनाको लागि यसरी एमसिसिलाई स्विकार गर्लान् ?

संबिधानले व्याख्या नगरेको र विशेष अधिकार नदिंदा त संसद भङ्ग हुने रहेछ भने संसद नभएता पनि एमसिसि पास हुन्न भन्ने अब कुनै ग्यारेन्टी रहेन। अब बिस्तारै के बुझिन्छ भने अमेरिकाले आफ्नो खेल शुरू गर्यो । यसै कुरालाई मध्ये नजर गरेरै होला चीनबाट उच्च स्तरिय टोली चिनियाँ उप प्रधानमन्त्रीको नेतृत्वमा नेपालमा नेताको नाक भाँच्दिने शैलीमा भ्रमण गरेका तर चिनियाँ प्रतिनिधि मण्डल रित्तो हात फर्केको महशुस हुन्छ। तर आफ्नो सुरक्षामा आंच आएको देखिए चिनले हात बानेर बस्दैन भन्ने कुरा चाहिँ सोह्रै आना साचो हो ।

उनिहरूको ठूलो चासोको बिषय थियो राजा ज्ञानेन्द्र एमसिसिको पक्षमा छन् कि भनेर। तर यति हलुको रूपले राजा ज्ञानेन्द्रलाई चीनले हेरेको देख्दा ताज्जुव लाग्छ। जो राजाले भुटान सरह बस्न चाहेन र राजसंस्थाको राजकिय परम्परालाई नत्यागेर बेबी किङको भारतको छारो हाल्ने प्रस्ताव सहर्ष स्विकारेन भने राजा ज्ञानेन्द्रले राजसंस्थाको पुनर्स्थापनाको लागि यसरी एमसिसिलाई स्विकार गर्लान् ?  हुन् त सत्र बर्षको राजसंस्था सहितको वैदिक सनातन हिन्दु अधिराज्यको अभियानमा लागे देखि दशैको टीका र राजाको जन्मदिनमा सरकारको अनुहार देख्न बाहेक कुनै दर्शन भेट तथा भलाकुसारी भएको छैन र धर्म अभियन्ता भएता पनि मन्दिर र ढुङ्गे मुर्ति बाहेक साक्षात भगवानको साक्षत्कार गर्न पाएको छैन। साक्षात भगवान अनुभव नगरे पनि भगवान प्रति अटुट बिश्वास र भावना भए झैं राजाले पनि आफ्नो स्वार्थको लागि राष्ट्र र राष्ट्रियता दाउमा लगाउँद‌ैनन् भन्ने अटुट बिश्वास छ। दक्षिणबाट प्रधानमन्त्री केपिलाई निर्देशन आएर संसद भङ्ग गर्न लगाएता पनि समय अगावै संसद भङ्ग गरेकाले आफ्नो खेलले उल्टो दिशा लिएको बिश्लेषण गर्दैछन्। देशमा आन्दोलन र उथलपुथल भएपछि मात्रै संसद भङ्ग हुनपर्नेमा समय अगावै काम गर्नुले पनि खेलले कुन दिशा लियो भन्नेमा अक्क न बक्क भएको अबस्था छ। हुन त संसद भङ्ग नभएको भए प्रधानमन्त्री केपि बिरूद्व अबिश्वास प्रस्ताव आउने थियो र केपि कमजोर हुने थिए। उहाँलाई भारतबाट आफ्नै पार्टीबाट र अमेरिकाको एमसिसिको खपिनसक्नु र थामि नसक्नु प्रेसर आएरै होला समय अगावै उनले कदम चाले।

राजा पक्कै जामा लगाएर नाच्दै, गाउँदै र बाजा बजाउँदै आउँदैनन् होला। राजसंस्था व्युतिन अझै राजनीति भ्याक्युम हुन जरूरी देखिन्छ। केपि पनि टसको मस नगरेको देखिएर सायद उनलाई भारतले आमन्त्रण गर्ने छाटकाट देखिन्छ । परराष्ट्रमन्त्री सहित प्रचण्ड पनि आफ्नी श्रीमतीको उपचारको लागि दिल्ली बोलाईन्छ। त्यताबाट के समिकरण निस्क्न्छ त्यो भविष्यले बताउने छ।

राजसंस्थाको पक्षमा विभिन्न ठाउँमा बृहत र्याली भईरहनु यता संसद भङ्ग हुनूमा राजनीतिको भेउ नपाउने राजसंस्था समर्थकले चाहिँ आफ्नै प्रेसरले भएको हो कि भनी दिग्भ्रमीत हुँदै थिए। राजालाई सुरक्षा बढाएको समाचारले झन् सबैले दिवा सपना देख्न थालेका थिए। यता सुरक्षा बढाउनु उता राजा ज्ञानेन्द्रको गोप्य भेटवार्ता हुनूमा कतै तालमेल त छैन? यसै बिच राजाको झापामा उच्च भ्रमण हुने हौवा फैलिरहेको थियो भने राजा ज्ञानेन्द्र निकै महत्त्वपूर्ण भेटघाटमा व्यस्त थिए। पिएमओले पनि राजपरिवारको हरेक गतिविधि नियाल्दै आईरहेको छ। राजपरिवारको प्रत्येक सदस्यको जानकारी दिईरहेकोले प्रधानमन्त्री ओली पनि अहिलेको किचङ्गल भन्दा यहि राजसंस्था पो ठिक हो कि भन्ने आशय आफ्नो नजिकको मान्छेहरूबाट बुझिरहेका छन। यसै बिच मावध नेपालले पनि एउटा अन्तर्वार्तामा राजा वीरेन्द्र र उनका परिवारको खुलेर प्रशंसा गर्दै संस्कार त हामीले कहिलै राजाबाट सिकेनौ भन्ने टिप्पणी गर्दै थिए। राजसंस्था प्रतिको सकरात्मक संकेत बिस्तारै आउँदै गएको छ। नेपालको यस्तो असहज परिस्थितिमा नेपालमा एकैचोटि तीन देश चीन, भारत र अमेरिकाले आफ्नो भुमिका बढाउन थालेको पनि देखिदैछ। जनरल बख्सि आफ्नो ट्विटर मार्फत हिन्दु अधिराज्य र राजसंस्थाको वकालत गर्न लागे भने राजा ज्ञानेन्द्रलाई फेरि बेबी किङको पत्ता फाल्न तल्लीन भए। तर को राजा भन्ने कुरामा अझै अपरिपक्वता भारतीय शासक बर्गमा देखिन्छ। यसै समयमा युवराज पारसको जन्मदिनको समय पारि नवयुवराज हृदयेन्द्र आफ्नो बुवालाई झापा लग्नको लागि पोखरा पुगे। सबै राजपरिवार झापामा झण्डै लामै समय बिताउने गरि बसोबास सर्न लागेका छन् भने नेपालको राजनीतिको सरगर्मीले तातिन थालेको आभाष हुन्छ।

झापामा बसेर राजनितीक माहौल तताए पनि भारत अझै राजा को बन्ने र पृथ्वीनारायण शाहको बंशज अरू कोही छैन भन्ने भ्रममा छ। राजसंस्था समर्थक चाहिँ राजा कसरी आउँछन् भन्ने नचाहिदो बहसमा छन्। राजा पक्कै जामा लगाएर नाच्दै, गाउँदै र बाजा बजाउँदै आउँदैनन् होला। राजसंस्था व्युतिन अझै राजनीति भ्याक्युम हुन जरूरी देखिन्छ। केपि पनि टसको मस नगरेको देखिएर सायद उनलाई भारतले आमन्त्रण गर्ने छाटकाट देखिन्छ । परराष्ट्रमन्त्री सहित प्रचण्ड पनि आफ्नी श्रीमतीको उपचारको लागि दिल्ली बोलाईन्छ। त्यताबाट के समिकरण निस्क्न्छ त्यो भविष्यले बताउने छ। यता माधव नेपाल पनि  बुरूक्क उफ्रिनेमा छन् भने प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर अगाडि नबढाउलान् भन्ने पनि छैन। अब बिस्तारै प्रदेश सभा पनि भङ्ग हुँदै जाने खेल हुन सक्ने तथा राष्ट्रपति र प्रधानमन्त्री बर्खास्त गर्ने खेल पनि नहोला भन्न सकिन्न। संबिधानमा नभएको खेलहरू अब देख्न पाईन्छ कि नेपाली राजनितीले। तर अहिले नै राजसंस्था व्युतिने जस्तो गरेर अबुझ खेलमा राजसंस्था समर्थक तथा राजाको प्रतिनिधित्व गरेका मनुवाहरू देख्दा राजाका गोटिहरू शाही शासन सिद्वाउने तालकै रहेछन् भन्ने विश्लेषण गर्न सकिन्छ।
अब राजाले तोकेका गोटीहरूले यो बुझ्दा हुन्छ। राजनैतिक माहौलले बल ल्याएर खुट्टामा राखिदिएका छन्। गोल हान भन्ने समर्थक र गोल हानिस् भन्ने खुट्टा भाँच्छु भन्ने बिरोधीका समर्थक हुटिङ गरिरहेको छन्। गोल किपर चिप्लिएर लडेको अबस्था छ। खाली पोष्ट नै भए पनि यस्तो अबस्थामा मै हूँ भन्ने मेसि र रोनाल्डोलाई पनि प्रेसर हुन्छ। तर बल आउट पोष्ट र हाई हाने जिरो बल, पोष्ट भित्र सान्दारले हानेहिरो हुने मौका छ।
मोटर साईकल र्यालीमा राष्ट्रिय झण्डा लिएर व्यापक कुनै पैसा, मासु चिउरा, पेट्रोलको लोभमा नभई भित्री रूपले श्रद्वा गरि आएका देखेर मात्रै राजा ज्ञानेन्द्रलाई राजा बनाउने तर्क हो भने त्यो हाम्रो कमजोरी हो। राजनीति सुझबुझ नबुझेका हौँ। राजसंस्था ल्याउन अझ धेरै प्रयास गर्नुपर्ने देखिएको छ। त्यस्तो तर्कले त हिजो अस्ति प्रचण्डका सतत्तर नै जिल्लामा व्यापक मान्छे जम्मा गरे पैसा खर्चेर नै भएपनि अब के उनलाई बडामहाराज बनाउने अनि सतत्तर नै जिल्लाको प्रत्येक चुनावी क्षेत्रमा भेला गरेर भाषण ठोक्न लगाको देउवालाई बडा महाराजिराज बनाउने? हो त्यसैले अब हामी छरिएर रहेका सम्पुर्ण राष्ट्रवादी, देशभक्त तथा राजसंस्था समर्थकले स्कुले राजनीतिबाट उठेर एउटालाई नेतत्व मानी एक ठाउँमा आई शक्तिशाली नबने यस्तो आएको मौका चुक्ने छ र अब फेरि यस्तो चौका हान्ने समय फेरि फेरि पनि खप्परमा नआउन सक्ला।
राजा आएर देश बच्ने होइन राजाले त नेताले जस्तो देश नबेच्ने हुन् देश बचाउन त जनता नै आउन पर्छ। जनतालाई सार्थक रूपले अगाडि बढाउन सहि नेतृत्व हुन पर्यो। यहाँ ताई न तुई नबुझेका हजार जना नेताहरूले माखो नमार्ने मात्रै होइन झन् उपरबुज्रुक भएर काम मात्रै बिगार्छन्।

तसर्थ २०४७ सालको संबिधान, नयाँ संबिधान, २०७२ साले संविधान वा कस्तो किसिमको राजसंस्था भनेर समय खेर नफालौं। अब भएको राजनितीक सुन्यतामा अन्तरिम सरकार हुनसक्छ त्यसमा कसरी आफ्नो बर्चश्व हुन्छ त्यसमा ध्यान केन्द्रित गरौं। व्यक्तिगत बिचारले त राजा महेन्द्रको कार्यशैलीको परम भक्त हुँ र २०१९ सालकै भनुम्ला तर के गर्नु जनताले मान्दैनन्। तसर्थ गणतन्त्र ढलेता पनि संबिधानको खालका बन्ने र कस्तो संविधान लागू हुने हो त्यसको लागि अझै दुई चार बर्ष लाग्ला। अब कस्तो किसिमको राजसंस्था भन्ने बहस पनि छ भने अहिले नागरिकको चाहना अनुरूप राष्ट्र, राष्ट्रियता स्वाधिनता संरक्षण गर्ने र जनता तथा देशको लागि रचनात्मक भुमिका खेल्ने संबैधानिक राजसंस्थाको परिकल्पना गर्न सकिन्छ। अझै भारतले प्रेसर गरे अनुरूप बेबी किङको पक्षधर जनता छैनन र त्यो राजसंस्थाको परम्परा अनुरूप छैन भन्ने बुझे हुन्छ। राजाले दर्शन भेट गरेर वा राजनीतिक माहौल बुझ्न तोकेका व्यक्तिहरूले राजा मात्रै बुझेर भएन भु-राजनिती बुझेको हुन पर्यो।

राजाआएर देश बच्ने होइन राजाले त नेताले जस्तो देश नबेच्ने हुन् देश बचाउन त जनता नै आउन पर्छ। जनतालाई सार्थक रूपले अगाडि बढाउन सहि नेतृत्व हुन पर्यो। यहाँ ताई न तुई नबुझेका हजार जना नेताहरूले माखो नमार्ने मात्रै होइन झन् उपरबुज्रुक भएर काम मात्रै बिगार्छन्।

अब जनता आएर राजसंस्थालाई संरक्षण गरेर एकदम सुरक्षार्थका साथ राख्ने किसिमको व्यबस्था ल्याउन पर्यो ताकि राजसंस्थाले हाम्रो राष्ट्र र राष्ट्रियता हाम्रो भावी सन्ततिको लागि सुरक्षीत राखोस्। जय देश जय जनता। ईति। ॐ!


सोम बिक्रम सिंह 
काठमाडौँ 

(लेखक रास्ट्रिय सरोकार मंच नेपालका अध्यक्ष साथै कर्मनिस्ठ अभियन्ता हुनुहुन्छ, रास्ट्र र रास्ट्रियताका पक्षमा बिगत लामो समय देखि ससक्त रुपमा स्वतन्त्र कलम चलाउदै आउनुभएको छ । )

50% LikesVS
50% Dislikes
Spread the love !
  • 84
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    84
    Shares