संसद् विघटनविरुद्ध कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणाः वडा तहसम्मै विरोध प्रदर्शन गर्ने


[ss_social_share]
लेखक : लेखापढी      १९ पुष २०७७, आईतवार १८:२४ मा प्रकाशित     
संसद् विघटनविरुद्ध कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणाः वडा तहसम्मै विरोध प्रदर्शन गर्ने

 

१९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।  

केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन कांग्रेसले कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •