काठमाडौं । लगातार नयाँ उचाइ कायम गर्दै अगाडि बढेको नेप्से एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको छ । आजै नेप्सेले कारोबार अवधिभित्रको सबैभन्दा उच्च विन्दु पुगेकामा २१५० अंकको विन्दु पार गरेको छ ।
कारोबार खुलेको २२ मिनेटमै ४१.६४ अंकले बढेर कारोबार अवधिभित्रको यसअघिको उच्च विन्दु २१२८.८५ अंकबाट माथि लागेको नेप्से १ बजेर ४७ मिनेटमा ६६.३८ अंकले बढेर २१५३.६५ अंकमा पुगेको छ ।
यस अवधिमा नेप्सेमा २०५ कम्पनीको ८६ लाख २८ हजार ००८ कित्ता सेयर किनबेच हुँदा चार अर्ब एक करोड ९० लाखको कारोबार भएको छ ।