बिजनेस माइण्ड : लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      १८ पुष २०७७, शनिबार १३:१९ मा प्रकाशित     
बिजनेस माइण्ड : लघुकथा
बुलबुल सहरमा खुलेकाे नयाँ औद्योगिक ग्रामले आफ्नाे उत्पादन शुरु ग-याे । चाैतर्फी यसकाे प्रभाव देखियाे ।
सहज, सरल, सुलभ तरिकाले सामान पाउन थालेपछि सहरवासी निकै खुसी भए । यसकाे साइड इफेक्ट पल्लाे सहरकाे पुरानाे औद्योगिक क्षेत्रमा पर्याे ।
ती उद्योगपतिहरुले बुलबुल सहरकाे औद्योगिक ग्राम ध्वस्त पार्ने याेजना बनाउन थाले ।
ती उद्योगपतिहरुले बुलबुल सहरकाे औद्योगिक ग्राम ध्वस्त पार्ने याेजना बनाउन थाले । बुलबुल सहरमा एउटा मात्रै दमकल थियाे । दमकल चालक स्माइललाई स्पेशल पाटी दिने प्लान अनुसार पल्लाे सहरकाे डान्स वारमा  सबै व्यवस्था भयाे । 
प्रहरी टाेली घटनास्थल पुग्याे तर दमकल र पानीबिना रमिते भन्दा केही हुन सकेन ।
जब स्माइल  उता सुरा र सुन्दरीका माझ रमझममै व्यस्त भयाे यता बुलबुल सहरकाे औद्योगिक ग्राममा आगाे लाग्याे ।
दमकल चालकलाई फाेन लगाउँदा स्वीच अफ भन्याे । प्रहरीलाई जानकारी भयाे । प्रहरी टाेली घटनास्थल पुग्याे तर दमकल र पानीबिना रमिते भन्दा केही हुन सकेन । पूरा सहर धुँवाकाे मुस्लाेले ढाक्याे । चारैतिर काेलाहल मच्चियाे ।
स्माइल भने झिलिमिली बिजुली बत्ती बलेकाे बारमा छानीछानी सुन्दरीहरुलाई अंगालाेमा बेरेर अंग्रेजी रक्सीमा मस्त थियाे ।
दमकल चालककाे विषयमा नानाथरी शंका उपशंका गरियाे । जिम्मेवारी बाेधका बारेमा थुप्रै प्रश्न उठे ।
स्माइल भने झिलिमिली बिजुली बत्ती बलेकाे बारमा छानीछानी सुन्दरीहरुलाई अंगालाेमा बेरेर अंग्रेजी रक्सीमा मस्त थियाे । गाना बजिरेकाे थियाे :
 “आगाे लाग्याे दिलैमा दमकल बाेलाइदेऊ
के राेग लाग्याे दिलैमा डाक्टर बाेलाइदेऊ ।
देब्रे आँखा झिम्काउँदा तीर चल्याे रे
दाहिने आँखा झिम्काउँदा आगाे बल्याे रे !………”
एक से एक अप्सरा र उर्वशीहरु पेन्टी र ब्रामै डान्स गरिरहेका थिए । चारैतिरबाट वान्स माेर ! वान्स माेर !! भन्दै फर्माइस आइरहेका थिए । सबै व्यस्त र मस्त थिए ।

बुलबुल सहरकाे औद्योगिक ग्राम जलेर ध्वस्त भयाे !


छविलाल खड्का
काेहलपुर

www.lekhapadhi.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •