नेपाली चलचित्र ‘सिनेमा घर गोल्ड’ डिजिटल एपमा सार्बजनिक: बार्षिक पाँचसय


[ss_social_share]
लेखक : लेखापढी      १८ पुष २०७७, शनिबार ०४:०२ मा प्रकाशित     
नेपाली चलचित्र ‘सिनेमा घर गोल्ड’ डिजिटल एपमा सार्बजनिक: बार्षिक पाँचसय

काठमाडौं । डिजिटल प्लेटफर्म ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरिएको छ । थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा ‘सिनेमा घर’को अपडेटेड भर्सनका रुपमा नयाँ वर्षको अवसर पारेर ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको हो । 

शुक्रबार काठमाडौंमा कार्यक्रम गरेर सार्वजनिक गरिएको एपमा ६ वटा नेपाली चलचित्र रिलिज गरिएको छ । डमरुको डण्डीवियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र रिलिज गरिएको एपमा स्ट्याण्डअप कमेडी र सर्ट मुभी पनि राखिएको छ ।

‘सिनेमा घर गोल्ड’मा चलचित्र, सर्ट मुभी, स्ट्याण्डअप कमेडी सँगै वेब सिरिजहरु रिलिज गरिने थ्री सिक्स्टी वन डिग्री मिडियाका अध्यक्ष अभिनेता खगेन्द्र लामिछानेले जानकारी दिए । 

आजैबाट विश्वका जुनसुकै ठाउँबाट ‘सिनेमा घर गोल्ड’मा नेपाली चलचित्र हेर्न सकिने उनको भनाइ छ । उनका अनुसार प्रत्येक महिना नयाँ सामाग्री अपलोड गरिने छ । 

पाँच सय रुपैयाँमा एक वर्ष ‘सिनेमा घर गोल्ड’मा आउने सामाग्रीहरु हेर्न पाइने छ । 

“विभिन्न कारणले हलमा पुगेर सिनेमा हेर्न नपाउने दर्शकलाई डिजिटल माध्यमबाट सिनेमा हेर्न लामो समय पर्खन नपरोस् भन्ने उद्देश्य सिनेमा घर गोल्ड ल्याइएको हो,” खगेन्द्र भन्छन्, “यसमा सिनेमा घर वालेट फिचर पनि राखिएको छ । सिनेमा घर गोल्ड एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आईओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायत स्मार्ट डिभाइसमा डाउनलोड गरेर हेर्न सकिनेछ । क्रोमकास्ट प्रविधिकको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ ।”

अरुले बनाएका कन्टेन्ट मात्रै नभएर आफैं पनि एपका लागि कन्टेन्ट बनाउने थ्री सिक्स्टी वन डिग्री मिडियाको तयारी रहेको खगेन्द्र बताउँछन् । 

“हामी आफैं पनि कन्टेन्ट बनाउने छौं । अरुले उत्पादन गर्ने वा तयार भइसकेका कन्टेन्ट पनि राख्ने छौं । यतिले मात्रै पुग्दैन । त्यसैले नयाँ कन्टेन्टमा पनि हाम्रो लगानी हुनेछ,” खगेन्द्र भन्छन्, “हामीसँग केही स्क्रिप्ट तयार छन् । त्यसलाई पनि बनाउने छौं । समयअभावले हामीले बनाउन नसकेका कन्टेन्ट हरुलाई बनाउन दिनेछौं ।”

कोरोनाका कारण सिनेमा उद्योग ठप्प हुँदा विश्वका धेरै देशमा धेरै सिनेमा उपलब्ध डिजिटल प्लेटफर्ममा रिलिज भए । तर, नेपालमा भरपर्दो डिजिटल प्लेटफर्म र कन्टेन्टमाथि लगानी गर्ने डिजिटल एप नहुँदा त्यो सम्भव भएन । 

हल रिलिज नभएका चलचित्र खरिद गर्नसक्ने र आफैं कन्टेन्ट उत्पादन गर्न सक्ने डिजिटल प्लेटफर्म अभाव हुँदा नेपाली निर्माताका चलचित्र नौ महिनादेखि अलपत्र छन् भने दर्शकले चलचित्र हेर्न पाएका छैनन् ।  

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •