के नेपालमा फेरी लोडसेडिङ हुन्छ ? के भन्छ प्राधिकरण ?


[ss_social_share]
लेखक : लेखापढी      १७ पुष २०७७, शुक्रबार २१:०९ मा प्रकाशित     
के नेपालमा फेरी लोडसेडिङ हुन्छ ? के भन्छ प्राधिकरण ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

केही सञ्चारमाध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको शाक्यले बताए । 

शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्ष अघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरी लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएका छन् । 

अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत् आपूर्तिमा अवरोध हुँदा बत्ती गएको पनि शाक्यले बताए । उनले अनावश्यक रुपमा बिजुली काट्ने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पनि बताए ।

अहिले नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत् मागबराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गर्नुपर्ने कुनै सम्भावना नदेखिएको बताए । 

कोभिडका कारण विद्युत चुहावट करिब डेढ प्रसितशतले बढेकोमा अवको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको उनले बताए । यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएपनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुनेगरी काम भइराखेको उनले बताए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •