बसिबियालो- स्मरण !!! लकडाउन डायरि


[ss_social_share]
लेखक : लेखापढी      १७ पुष २०७७, शुक्रबार ०५:२० मा प्रकाशित     
बसिबियालो- स्मरण !!!  लकडाउन डायरि

स्कुल जाँदा चप्पल सम्म लाउन नपाएको म बबुरोले जुत्ता लाउने आस गर्नु त परको कुरा । समय बित्दै जादा २०५१ साल तिरको कुरा हो दिदीको बिहे गर्ने निधो बुबा आमाले गरिसक्नु भएछ र बिहेको सामान किन्दा तलाई के चाहिन्छ भनेर सोध्नुभयो र मैले जुत्ता किनिदिन आग्रह गरें । 

यति सम्म कि त्यो जुत्ताको अगाडिको भाग पुरै फाटेर भ्वाङ्ग पर्दा समेत मैले स्कुल जाँदा लगाउन छोडिन किनकि अर्को किन्न सक्ने क्षमता थिएन

स्कुल जांदा मात्रै लगाउने सर्तमा त्यतिवेला आर्मीले लगाउने खालको कपडाको हाफ जुत्ता किनिदिनु भयो र म फुरुङ्ग हुँदै लगाए । यति सम्म कि त्यो जुत्ताको अगाडिको भाग पुरै फाटेर भ्वाङ्ग पर्दा समेत मैले स्कुल जाँदा लगाउन छोडिन किनकि अर्को किन्न सक्ने क्षमता थिएन हामीसंग। दिदीको बिहे पछि ६ कक्षामा पढ्न शुरु गरेको म ८ कक्षा पढ्दै गरेको बखतको १ दिन हाफ छुट्टीमा साथीहरुसंग गफिंदै गर्दा ७ कक्षामा पढ्ने बजार तिरका भाईहरुले मलाई हेरेर गिज्याउंदै हेर हेर यसको जुत्ताले त आं गरेर यसलाई नि खान आंटेछ भने। म नतमस्तक भए, मेरा साथीहरुले म तिर हेरेर सहानुभुती प्रकट मात्र गरेको भान दिए किनकि म पढाईमा त्यतिबेलाको लागि अब्बल नै थिए । त्यसपछि फेरि एस.एल.सी.पास नगरेसम्म जुत्ता लगाउन पाईन । हात्तीछाप चप्पल पनि लोता गांसेर लाएर घरबाट हिंड्यो ओरालो झर्दा र स्कुलसम्म पुग्दा छिनिहाल्थ्यो र बोकेर क्लास भित्र छिर्दा साथीहरु हललललल हांस्ने गर्थे । सुन्दैछु मलाई जुत्ताले मान्छे खायो भनेर खिसिटिउरी गर्ने साथि-भाई आजकाल जुत्ता व्यापारी भएका छन् रे…एकदिन त्यहीं गएर जुत्ता किन्ने धोको पूरा गर्न भने बाकी नै छ ।

साथीहरुसंग गफिंदै गर्दा ७ कक्षामा पढ्ने बजार तिरका भाईहरुले मलाई हेरेर गिज्याउंदै हेर हेर यसको जुत्ताले त आं गरेर यसलाई नि खान आंटेछ भने। म नतमस्तक भए, मेरा साथीहरुले म तिर हेरेर सहानुभुती प्रकट

बसिबियालो-२  
सानै देखि भिटामिन खान नपाएको म लुरे ८ बर्ष सम्म पनि स्कुल जान नपाएकोले वा मर्छ कि भनेर बा आमाले स्कुल नपठाएकोले १ देखि ३ कक्षा सम्म घरमै पढेर जाँच दिएको मैले ४ कक्षा देखि मात्र स्कुल गएर पढेको थिए। वार्षिक परिक्षाको रिजल्ट प्रकाशित हुने दिन म रिजल्ट सुन्न गएको थिए तर त्यो रिजल्टमा म फेल भएकोले म यत्ति धेरै रोए त्यसको सिमा नै छैन। जब म ४ कक्षामा फेल भए त्यसपछि पढ्नुपर्छ र जाचमा सोधिएको प्रश्न को सही उत्तर लेखेपछि मात्र राम्रो नतिजा आउने रहेछ भन्ने थाहा भयो सोही अनुसार अर्को बर्ष म परिक्षामा दोस्रो भएर ५ कक्षामा गए त्यसपछि क्रमश ६-७ कक्षामा पनि दोस्रो नै भए र त्यतिवेला सम्म मैले सेकेण्डब्वाई को उपनाम पाईसकेको थिए।


परीक्षाको रिजल्ट हाम्रो राम्रो आयो भनेपछि अरुका बा-आमा हाम्रा बा-आमा संग कैयौं महिना समेत बोल्दैनथे। समय निरन्तर चलिरहेकै थियो। हामी ७ कक्षामा खाली समय भएपछि हाजिरीजवाफ प्रतियोगिता गर्थ्यौं र...

म सहित सानै कक्षामा पनि बैनी गोमा र भाइ टेकराज समेतले परिक्षामा पहिलो, दोस्रो भएर पुरस्कार पाउँदा सबैतिर डकर्मी रामेका छोराछोरीले पनि यस्तो उन्माद गरे है भनेर गाउंभरि कसैले रिसले, कसैले ईर्श्याले त कसैले खुशीले समेत कोकोहोलो गरेका थिए त कतिले हामीले राम्रो नतिजा ल्याएको झोकमा आफ्ना छोराछोरीलाई पिट्न समेत पछि परेनन् । अझ कतिले त माष्टर समेत राखे हामीभन्दा उच्च अंक आफ्ना छोराछोरीलाई दिलाउन। यसको हामी प्रत्यक्षदर्शी थियौं। परीक्षाको रिजल्ट हाम्रो राम्रो आयो भनेपछि अरुका बा-आमा हाम्रा बा-आमा संग कैयौं महिना समेत बोल्दैनथे। समय निरन्तर चलिरहेकै थियो। हामी ७ कक्षामा खाली समय भएपछि हाजिरीजवाफ प्रतियोगिता गर्थ्यौं र त्यसमा पुरस्कारको जोहो पनि हुने गर्थ्यो। प्रश्न र पुरस्कारको जोहो सायद मित्र हरी सुबेदीले गर्दथ्यो । त्यो प्रतियोगितामा प्राय म नै पहिलो हुन्थें र पुरस्कार जित्थे ।


मेरो घाटीनेर एउटा जुम्रो साथीहरुले देखेछन् र मलाई फोहोरी भन्दै सबैजना साथीहरु अर्कै बेन्चतिर बस्न गए। जुम्रो मेरै कपालबाट झर्यो वा अरु कोईले मेरो मा ल्याएर राख्दिए ऐले सम्म म बेखवर नै छु

यस्तो प्रोगामको निरन्तरता संगै १ दिनको कुरा हो कार्यक्रम सकिएपछि संधै झैं हामी आ आफ्नो ठाममा बस्ने वेला मेरो घाटीनेर एउटा जुम्रो साथीहरुले देखेछन् र मलाई फोहोरी भन्दै सबैजना साथीहरु अर्कै बेन्चतिर बस्न गए। जुम्रो मेरै कपालबाट झर्यो वा अरु कोईले मेरो मा ल्याएर राख्दिए ऐले सम्म म बेखवर नै छु। तर एकछिन अघिसम्म साथ र हात नछोड्ने संगै बस्ने साथीहरु एकाएक छिछि र दुर्दुर गर्दै भागेको देख्दा म लाजले भुतुक्क भए र केही बोल्न पनि सकिन र मैले बोलेको भएपनि त्यतिवेला कसैले सुन्थेन पनि। मनमनै आमा-बा लाई सम्झिए ।

पानीको हाहाकार भएकाले १ हप्ता नभई नुहाउन नपाउने बाध्यतालाई सम्झिएं तैपनि हरेश खाईन एक्लै बेञ्चमा बसेर पढ्न शुरु गरे। म संगै एउटै क्लास मा पढ्ने मेरा दाई काका, ठुलाबा का छोरा छोरी पनि थिए । ती सबै मध्ये उमेरमा दाइ मेरो ठूलो बा को छोरा दिपक सुबेदी म छु भन्दै छेउमा आएर बसे। हजुरबाका ९ भाइ छोराहरु भएकाले हजुरबाउ र बाउहरु बिचको झगडाले हामी बिचमा पनि राम्रो सम्बन्ध खासै थिएन। राम्रो सम्बन्ध भएका दाइ-भाइहरुले बरु साथ छोडे तर उहाले साथ छोड्नु भएन। हजुरबाका नातिहरु त अरु पनि थे तर आफ्नो मान्छे आफ्नै हुदो रहेछ कसरी पनि भने उहाँ हाम्रो बुबा को आफ्नै सहोदर दाजुका छोरा हुनुहुन्थ्यो।उहाले एसएलसी समेत गर्न सक्नु भएन तैपनि एक्लो हुदा मलाई साथ दिनुभयो।बेलुका घर गएर आमा संग १ घण्टा रोए,आमा म संगै रुनुभयो दुखी को कोखबाट जन्मिस् बाबू सबैले हेला गर्ने भए तर हरेश नखा हामी पनि तिमीहरु नै भनेर यो पाखो कुरेर बसेका छौ ऐले दुख पाए पनि पछि हाम्रा दिन कसो नआउलान त ….??? सोच्दैछु त्यो दिन पक्कै आउला त आमा…???

सुस्ताउंदै (३)

दिदी को घर जादा जैले एउटै लुगा मात्र लगाएर जाने आउने गर्दा दिदीको मन खिन्न भयो कि वा घरकाले केही भने अब हरि दाइ को बिहेको जन्ति आउदा चैं नया लुगा लगाएर आउनु है भनेर मलाई सुझाउनु भएको थियो

सायद २०५१–५२ साल तिर हुनुपर्छ। मेरी दिदीको भर्खरै बिहे भएको थियो, दिदी त्यतिवेला भर्खर १८ बर्षको हुनुहुन्थ्यो, दिदीले स्कुल गएर नपढेपनि सबै पढ्न लेख्न चैं सिक्नु भएको थियो।दिदी को बिहे भएपछि को अर्को बर्ष माईला बुबा को कान्छा छोरा मेरो आदरणिय हरि दाइको मेरो दिदी को गाउ सुनारपानी(हाल मन्थली ५)मा जन्ति जाने गरि बिहे हुने पक्का भयो, म त्यति बेला सम्म दिदीको घर धेरै चोटि गइसकेको थिएं। हाम्रो दिदीको घर त्यतिवेलाका जिम्वाल कहलिएकाको घरानामा भएको थियो र भिनाजु पनि माष्टर हुनुहुन्थ्यो। दिदी को घर जादा जैले एउटै लुगा मात्र लगाएर जाने आउने गर्दा दिदीको मन खिन्न भयो कि वा घरकाले केही भने अब हरि दाइ को बिहेको जन्ति आउदा चैं नया लुगा लगाएर आउनु है भनेर मलाई सुझाउनु भएको थियो मैले त्यही कुरा घरमा भन्दा गरिबीकै कारणले होला त्यो लुगा नफाटेसम्म किन्न नसक्ने भन्नू भयो र दशैं पनि आको छैन आएपछि किनौंला भन्नू भयो बुबा-आमा ले ! सायद सबैको हविगत यस्तै थियो दशैंमा जसोतसो किन्दिने त्यसमा पनि स्कुल जांदा लगाउने ड्रेस को लुगा। 

जब दाईको बिहे अन्माईयो र सबैजना जन्ति जाने तयारी गरे तर म नया लुगा नभएको र पुरानो पनि च्यतिएको ले नजाने भनी धेरै रोए, म रोएको देखेर त्यहा उपस्थित धेरै जना रोए। म नगए बुबा पनि नजाने भन्नू भो सोचें दिदीले जे सुकै भनुन् दाईको छोराको बिहेमा नजाने भाइ को अर्थ के होला र? मेरो च्यातिएको लुगा सिलाईदिनु अनि जान्छु भने बुबा आफैंले मेरो च्यातिएको लुगा सिलाईदिनु भो र म गएं पछि दिदी आएर बुबा आमा संग धेरै रुनुभयो रे मलाई घर वरिपरिकाले के के भने भनेर…तर बाध्यता उहाले पनि नबुझ्या त कहाँ हो र..???

कक्षामा मलाई उठाउनु भयो र म ङिच्च हांसे, हांस्दा मेरा लेउ लागेका दात देखिएछन् क्यारे! तेरो नया भाउजू ले तेरो दात हेरेर के भन्नुभयो भनी प्रश्न गर्नुभयो, मैले केही भन्नू भएन भनी जवाफ दिए्। अनि उहाले कक्षा कोठा भरिका सबैलाई मेरो दांत हेर्न आग्रह गर्नुभयो र सुर्ति खान्छस् भनेर हकार्दै भन्नुभयो दांत माझ्नु पर्दैन..??? सबै जना हलललल…..हासे म रुनु र हास्नु भए अनि सरले भोलि दात माझेर आउछस् त

त्यो दिन स्कुल गईएन कारण जन्ति गईयो । भोलिपल्ट स्कुल गईयो, कक्षाको सेकेण्ड ब्वाई नआउदा शिक्षकले चासो लिनु स्वभाविक थियो। धिरेन्द्र यादब सरलाई सायद उसको दाईको बिहे भएकाले उ आएन भनेर अरुले नै सुनाईदिसकेछन्। अनि कक्षामा मलाई उठाउनु भयो र म ङिच्च हांसे, हांस्दा मेरा लेउ लागेका दात देखिएछन् क्यारे! तेरो नया भाउजू ले तेरो दात हेरेर के भन्नुभयो भनी प्रश्न गर्नुभयो, मैले केही भन्नू भएन भनी जवाफ दिए्। अनि उहाले कक्षा कोठा भरिका सबैलाई मेरो दांत हेर्न आग्रह गर्नुभयो र सुर्ति खान्छस् भनेर हकार्दै भन्नुभयो दांत माझ्नु पर्दैन..??? सबै जना हलललल…..हासे म रुनु र हास्नु भए अनि सरले भोलि दात माझेर आउछस् त भन्नुभयो मैले हस् भन्दै दसई धार्नी को मुण्टो हल्लाए र बसें।त्यो दिनभरि अब दांत के ले र कसरी सफा गर्ने होला भनेर पिरोलिरह्यो, घोरिरहें ।धेरै साथीहरुले तेरो घरमा ब्रस-मञ्जन छैन ? किन दांत नमाझ्या ?भनेर प्रश्न गरिरहे।मैले कालो मुख लाएर सुनिमात्र रहें।सायदै म संग मञ्जन ब्रस भएको भए म हरिया दांत देखाउंथे होला त..? 

बेलुका घर पुग्दा स्कुल मा भएको सब कुरा बा आमा लाई था भैसकेछ, गाउको यही काईदा छ, खै कसले भनेछ कुन्नि? बुबाले पैंलेटी को डाठले दात माझ्ने सल्लाह दिनुभयो। आमाले बुबा पट्टि हेरेर झर्कंदै एकजोर लुगा किन्दिन नसक्ने, किताब कापी दिन नसक्ने अनि सानातिना कुरा हरु पनि जोरजाम गर्न नसक्नेले एक्लै जोगी भएर हिंड्या भा हुन्थ्यो नि किन घरजम गर्नु भनेर एकतर्फी रिसाउनु भयो।यथार्थता था हुंदाहुंदै म प्रतिको माया को भाव थियो भन्ने मैले नबुझ्या त कहाँ हो र..? स्कुल को फि तिर्ने बेला होस् वा कपि किताब कलम किन्ने वेलामा होस् नरोईकन कैल्यै पाउंदिन थें मैले…मञ्जन ब्रस त परको कुरा। मैले पनि पैंलेटीको डाठले दात माझ्न खोजे तर तितो भएर माझ्नै सकिन। पछि खोजी गर्दा दिदीले आफ्नो बिहेको मिति तोकिएपछि एउटा ब्रस र मञ्जन ल्याएर दांत माझ्नु भएको रहेछ, एक-दुई दिन माझेपछि दिदीलाई पनि पुगेछ क्यारे ! त्यो त्यहीं सिरानी मुनि राख्नुभएको रैछ,मैले त्यही ब्रस प्रयोग गरेर दात माझे।

मलाई दांत माझ्न प्रोत्साहन गर्ने गुरु ऐले अमेरिकामा हुनुहुन्छ। उहालाई यहींबाट नमन गर्न चाहान्छु। मैले आफैंले यस्ता धेरै अपमान भोगेकाले त्यसपछिका पिंढीलाई यस्ता चिजहरुमा कमि हुन दिएको जस्तो लाग्दैन...

मलाई त्यति बेला सम्म दांत माझ्न पर्छ भन्ने त थाहा थियो र अर्काको ब्रसले दांत माझ्न हुंदैन भन्ने पनि नपढेको कहाँ हो र? तर ब्रस र मञ्जन नभएकाले दांत नमाझेको भन्ने त मैले सरलाई बताउन सकेको थिईन,आज म बताउंदै छु। मलाई दांत माझ्न प्रोत्साहन गर्ने गुरु ऐले अमेरिकामा हुनुहुन्छ। उहालाई यहींबाट नमन गर्न चाहान्छु। मैले आफैंले यस्ता धेरै अपमान भोगेकाले त्यसपछिका पिंढीलाई यस्ता चिजहरुमा कमि हुन दिएको जस्तो लाग्दैन…तर धेरैले आफुले भोगे पनि अरुले नि यस्तै भोगोस् भन्ने चाहादा रहेछन् जुन मजदुरबाट ब्यबसायी बनेका हुन् वा कार्यकर्ताबाट नेता भएका जो कोही…??
….क्रमस:
https://lekhapadhi.com/2020/12/19/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be/


तिर्थ सुबेदी 
मन्थली-१, रामेछाप 
हाल:काठमाडौँ 


Please Write and send us: lekhapadhimedia@gmail.com

Visit Regulary : www.lekhapadhi.com

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •