सन्दीप लामिछाने शनिबार मेलवर्न स्टार्स विरूद्ध मैदानमा उत्रने


लेखक : लेखापढी      १७ पुष २०७७, शुक्रबार १४:५५ मा प्रकाशित     
सन्दीप लामिछाने शनिबार मेलवर्न स्टार्स विरूद्ध मैदानमा उत्रने

कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका नेपाली लेग स्पीनर सन्दीप लामिछाने क्वारेन्टाइन मुक्त भएपछि सम्भवतः आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सवाट शनिबार जनवरी २ तारिखका दिन पहिलो खेल खेल्नेछन्।

क्लबका पछिल्ला ६ खेल गुमाएका लामिछाने डिसेम्बर ३० मा क्वारेनटाइन मुक्त भएर तास्मानिया राज्यको होर्वाटमा हुने टिमको सातौं खेलको तयारीमा जुटेका छन्।

नेपालबाट डिसेम्बर १५ मा अस्ट्रेलिया आइपुगेका सन्दीप यहाँको अनिवार्य होटल क्वारेन्टाइनमा १४ दिन बसेपछि बल्ल नयाँ क्लबको घरेलु मैदानमा शनिबार हुने खेलको अभ्यासमा जुटेका हुन्।

उनको क्लब होर्वाट हुरिकेन्सले सातौं खेलमा सन्दीपको पुरानो क्लब मेलवर्न स्टार्सविरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। खेल अस्ट्रेलियन समय ५ बजेर पाँच मिनेटमा (नेपाली समय बिहान ११:५० बजे) सुरू हुनेछ।

 
 

कोरोना संक्रमणका कारण समयमै आउन नपाएका सन्दीपको क्लब अहिले पनि ६ खेलमा चार जितका साथ तेस्रो स्थानमा छ। समान अंक रहेको सिड्नी थन्डर दोस्रो र १६ अंकमा रहेको सीडनी सिक्सर शीर्ष स्थानमा छ।

सन्दीपको टोलीले पुनः सोमबार जनवरी ४ तारिखका दिन ब्रिजबेनको गाब्बा मैदानमा मेलवर्न स्टार्ससँग खेल्ने कार्यक्रम रहेको छ। पुरानो क्लबविरुद्ध सन्दीपको प्रदर्शनी कस्तो रहने हो त्यो भने निकै प्रतिक्षाको विषय बनेको छ।

सन्दीपको टोली होवार्ट हुरिकेन्सका आगामी लिग खेल

  • जनवरी २  होवार्ट हुरिकेन्सविरुद्ध मेलवर्न स्टार्स (होवार्ट) अस्ट्रेलियन समय ५:०५
  • जनवरी ४  होवार्ट हुरिकेन्सविरुद्ध मेलवर्न स्टास(ब्रिजबेन) अस्ट्रेलियन समय ४ : ०५
  • जनवरी ७  होवार्ट हुरिकेन्सविरुद्ध सीडनी थन्डर ( पर्थ) अस्ट्रेलियन समय ६:१०
  • जनवरी १२ होवार्ट हुरिकेन्सविरुद्ध पर्थ स्कोचर्स(पर्थ) अस्ट्रेलियन समय ७:१५
  • जनवरी १८ होवार्ट हुरिकेन्सविरुद्ध सीडनी थन्डर (सीड्नी)अस्ट्रेलियन समय ७:१५
  • जनवरी २२ होवार्ट हुरिकेन्सविरुद्ध पर्थ स्कोचर्स (मेलवर्न)अस्ट्रेलियन समय ४:०५
  • जनवरी २४ होवार्ट हुरिकेन्सविरुद्ध सीडनी सिक्र्सस( सीड्नी)अस्ट्रेलियन समय ७:१५
  • जनवरी २६ होवार्ट हुरिकेन्सविरुद्ध मेलवर्न रेनगेड्स(मेलवर्न) अस्ट्रेलियन समय ४:१०