पूर्वराजाले मनाए मेची क्राउन प्लाजामा नयाँ वर्ष २०२१


[ss_social_share]
लेखक : लेखापढी      १७ पुष २०७७, शुक्रबार १४:३० मा प्रकाशित     
पूर्वराजाले मनाए मेची क्राउन प्लाजामा नयाँ वर्ष २०२१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर नयाँ वर्ष मनाएका छन् । उनी बिहीबार बेलुका साढे ८ बजेतिर मेची क्राउन प्लाजा पुगेका थिए । 

पूर्वराजा शाहले त्यहाँ करिब पाँचघण्टा बिताएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले  जानकारी दिए ।

“उहाँ एक्कासी हाम्रो होटलमा आउनुभयो,” उनले भने, “पूर्वमा यस्तो राम्रो होटल बनाएको भन्दै प्रशंसा पनि व्यक्त गर्नुभयो । उहाँले यहाँ नयाँ वर्ष मनाएर निस्कनुभयो ।” पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 380
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    380
    Shares