मुख्यमन्त्री राईद्वारा भीम आचार्यसहित १५ सांसदलाई निलम्बनको घोषणा


[ss_social_share]
लेखक : लेखापढी      १६ पुष २०७७, बिहीबार १५:३२ मा प्रकाशित     
मुख्यमन्त्री राईद्वारा भीम आचार्यसहित १५ सांसदलाई निलम्बनको घोषणा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका छन् ।

यस अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ मा संसदीय दलबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएर संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको थियाे । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् ।

पत्रमा संसदीय दलको सदस्य भएको अवस्थामा दलका नेतालाई nepalनसोधी र कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको र अनुशासनको पालना नगरेकाले सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएकाले अगामी तीन महिनासम्म दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ । साथै संसदीय दलको सदस्यता निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

स्पष्टिकरण नदिएका दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यहरु भीम आचार्य, इन्द्रबहादुर आङबो, जीवन घिमिरे, विजयकुमार विश्वास, टंकबहादुर आङबुहाङ, राजेन्द्रकुमार राई, मोहनकुमार खडका, लिलाबल्लभ अधिकारी, लछुमन तिबारी, कुलप्रसाद साम्बा, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, कुशुम श्रेष्ठ, सरिता थापा र सावित्राकुमारी रेग्मीलाई निलम्बन गरिएको राजभण्डारीले बताए । प्रदेशसभा सदस्यहरु तीन महिनाभित्रमा पनि नसुध्रिएको अवस्थामा प्रदेशसभा सदस्य पदबाट हटाउन पार्टीमा सिफारिस गरेर पठाइने प्रमुख सचेतक राजभण्डारीको भनाइ थियो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •