कविताको ह्‌याट्रिकको मद्दतमा सुदूरपश्चिम सेमिफाइनलमा: प्रधानमन्त्री कप, क्रिकेट


[ss_social_share]
लेखक : लेखापढी      १६ पुष २०७७, बिहीबार १४:०० मा प्रकाशित     
कविताको ह्‌याट्रिकको मद्दतमा सुदूरपश्चिम सेमिफाइनलमा: प्रधानमन्त्री कप, क्रिकेट

कविता जोशीको ह्‍याट्रिकमा सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पिनर कविताले प्रतियोगिताको महत्त्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरिन् ।

कविताले एकै ओभरमा ४ विकेट लिँदै टिमलाई सेमिफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलिन् उनले नवौं ओभरमा ह्‌याट्रिकसहित पाँच विकेट लिन सफल भइन् ।

बिहीबार भएको खेलमा वाग्मती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्‍चिमले सेमिफाइनलमा स्थान बनाएको हो । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ७७ रनको लक्ष्य पछ्याएको वाग्मती प्रदेशले निर्धारित ११ ओभरका विकेट गुमाउँदै ४८ रन बनाउन सफल भएको थियो ।

वाग्मतीका लागि सुमन खतिवडाले सर्वाधिक २७ रनको योगदान गरिन् । त्यस्तै विन्दा कटुवालले ७ रन बनाउँदा वाग्मतीका पाँच ब्याटर खाता नखोलेरै आउट भएका थिए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक पाँच विकेट लिन सफल भइन् । २ ओभर बलिङ गरेकी उनले ह्‍याट्रिकसहित पाँच विकेट लिएकी थिइन् । उनले १० रन खर्चिइन् । 

सुदूरपश्चिमका लागि कविता कुँवर, ऋतु कनोजिया र लक्ष्मी साउदले समान एक-एक विकेट लिन सफल भए ।
 
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धातिर ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनएको थियो । खराब मौसमका कारण ११ ओभरमा झारिएको खेलमा डली भट्टले उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी थिइन् । उनले सर्वाधिक २८ रनको योगदान गरिन् ।

१४ बल खेलेकी उनले २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाउन सफल भएकी हुन् । त्यस्तै ओपनिङमा आएकी कविता कुँवरले १९ रन बनाउँदा मन्जु बोगटीले ५ रन बनाइन् । 

बलिङतर्फ आरती बिडारीले सर्वाधिक ३ रनको योगदान गरिन् । त्यस्तै निशा तामाङले एक विकेट लिइन् । आजको खेलमा दुवै टोली जित निकाल्दै सुदूरश्चिमले सेमिफाइनलमा स्थान बनाएको छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •