लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      १६ पुष २०७७, बिहीबार १४:१७ मा प्रकाशित     
लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ

काठमाडौं । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।

प्रहरीले उपलब्ध गराएको रेकर्ड अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ ।

पारिवारिक विवादका कारण भाउजु सुनिता गोयलको नाममा रहेको खाताको दुई करोड रुपैयाँ रोक्का रहेको अग्रवालले बताएका छन् । त्यसलाई फुकुवा गराउने गरी तयारी भइरहेको छ । किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो ।  

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •