बझाङको पर्यटकीय क्षेत्र “सुर्मा”मा हाेमस्टे निर्माण हुँदै !


[ss_social_share]
लेखक : लेखापढी      १५ पुष २०७७, बुधबार १९:२३ मा प्रकाशित     
बझाङको पर्यटकीय क्षेत्र “सुर्मा”मा हाेमस्टे निर्माण हुँदै !

सुदुरपश्चिम प्रदेशको एक महत्वपूर्ण धार्मीक तथा पर्यटकीय धरोहरको रूपमा बझाङ जिल्लाको सुर्मा सरोवर क्षेत्रलाई  मध्यनजर गरि हाेमस्टे निर्माण कार्य भइरहेकाे छ  । 

स्थानीय समुदायकाे सग्लग्नतामा स्वराेजगकारका अवसर सिर्जना गर्न, ग्रामीण अर्थतन्त्रमा याेगदान पुर्याउन एवम् पर्यटनकाे माध्यमबाट ग्रामीण पर्यटनकाे विकास, प्रबद्धनका लागि र सुर्मा क्षेत्रलाइ विश्वसमक्ष परिचित गराउन सुर्मा गाउँपालिकाकाे सहयाेगमा मिसन सुर्मा सराेबरले हाेमस्टे निर्माण गर्न लागिएकाे हाे ।

सुदुरपश्चिम प्रदेशको धार्मीक तथा पर्यटकीय धरोहरको रूपमा चिनीने बझाङ जिल्लाको सुर्मा सरोवर क्षेत्रलाई चिनाउने उदेश्यले पर्यटकहरूकाे अागमनलाइ निरन्तरता र सहजता प्रदान गर्न हाेमस्टेहरू निर्माण गरिन लागेका हुन । 

सुदुरपश्चिम प्रदेशको धार्मीक तथा पर्यटकीय धरोहरको रूपमा चिनीने बझाङ जिल्लाको सुर्मा सरोवर क्षेत्रलाई चिनाउने उदेश्यले पर्यटकहरूकाे अागमनलाइ निरन्तरता र सहजता प्रदान गर्न हाेमस्टेहरू निर्माण गरिन लागेका हुन । 

सुर्मासरोवर बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट एक दिनको दूरीमा रहेको एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ  । सुर्मा सरोवर जिल्लाको सबैभन्दा ठूलो ताल हो । यो ताल समुन्द्र सतहदेखि १४ हजार १ सय फिटको उचाइँमा अवस्थित छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको र्सुमासरोवर र्हेदा मानव आँखा आकृतिको छ । सुर्मा सराेबर घुम्न अाउने पर्यटकहरूलाइ वासस्थानका लागि र सुर्मा क्षेत्रकाे मौलिक पहिचान गराउने अवधारणा अनुसार हाेमस्टे निर्माण गर्न लागिएकाे हाे । 

हाेमस्टे

होमस्टे एक स्थानीय जस्तो लोकप्रिय जीवनको वास्तविक अवधारणाको साथ स्थानीयहरूको साथ परिचय गर्ने एक लोकप्रिय दृष्टिकोण हो। नेपालीमा होमस्टे अर्थ हो “घरबास”, जसको मतलब घरमा बस्नु हो। घर-टाढा घरको अवधारणा होमस्टेमा लागू हुन्छ। किनभने यसले तपाईलाई स्थानीय जीवन शैली को साथ सामाजिक जीवन र स्थानीय सभ्यताको साथमा स्थानीय जीवन शैली को एक समझ को साथ अनुभव गर्न दिन्छ। हामी नेपालीमा होमस्टे टुर आयोजना गर्दछौ जो विशिष्ट नेपाली जीवन शैलीका बारे जान्न चाहन्छन्। नेपालमा होमस्टेहरू सुन्दर छन् किनकि उनीहरूले मानिसहरूलाई अद्भुत अनुभव प्रदान गर्छन्। स्थानीय खानाको प्रामाणिक स्वाद, जीवनशैली र विभिन्न भौगोलिक स्थानहरूमा स्थानीयहरू जस्तो स्थानीय बासस्थानको वास्तविक सार स्थानीय घरमा बस्नको उत्तम अंश हो। होमस्टेमा रहँदा त्यहाँ धेरै चीजहरू छन्। स्थानीय समुदायमा समावेश भएको अनुभव दिन होमस्टेज विशेष रूपमा विकास गरिएको हो।

सुर्मा सरोवर

सुर्मा सरोवर जिल्लाको सबैभन्दा ठूलो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ  । सुर्मा सरोवर जिल्लाको सबैभन्दा ठूलो ताल हो । यो ताल समुन्द्र सतहदेखि १४ हजार १ सय फिटको उचाइँमा अवस्थित छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको र्सुमासरोवर र्हेदा मानव आँखा आकृतिको छ ।

नवर्दुगामध्ये कान्छी बहिनी सुर्मादेवीको क्रिडास्थल रहेकोले यस तालको नाम र्सुमासरोवर रहेको हो भन्ने धार्मिक जनविश्वास छ । चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा आएर मिसिन्छ ।

ताल आसपासमा पाइने रङ्गी(बिरङ्गी जङ्गली फूलहरूले यस तालको सौनदर्यतालाई झनै मनमोहक बनाएको पाइन्छ । नवर्दुगामध्ये कान्छी बहिनी सुर्मादेवीको क्रिडास्थल रहेकोले यस तालको नाम र्सुमासरोवर रहेको हो भन्ने धार्मिक जनविश्वास छ । चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा आएर मिसिन्छ । सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान–सुत्न मिल्ने विशाल विरु ओडार छ ।  विरु ओडारबाट केही तल धानसेरी पार्थीका विशाल नागीहरू छन, छेवैमा तातोपानीको मुहान छ । त्यहाँबाट दुई कि मि पूर्व हिंडेपछि धानसेरी जिउलो पुगिन्छ । किम्वदन्ती अनुसार उहिले पार्थी डाँडाबाट हेर्दा यहाँ सयौं महिलाले सुर्मादेवीको धान रोपिरहेका देखिन्थे रे ! त्यही अर्को एउटा सानो ताल पनि छ, जुन यस भेगका कस्तूरी, झारल, नाउर आदि वन्यजन्तुको पानी पिउने ठाउँ मानिन्छ । हिमश्रृंखलाको अवलोकन गर्दै धानसेरीबाट ५–६ घण्टा ओरालो झरेपछि सुर्मादेवी मन्दिर रहेको सुर्मा गाउँ पुगिन्छ । उहिले सुर्मा र दुर्गा दिदीबहिनी अहिले लेकगाउँ गाविसमा पर्ने थलीमा बस्थे रे ! लसुनको निहुँमा झगडा परेका दिदीबहिनीले अंशबण्डा गर्दा थलीका खेतहरू बग्न थालेछन । तिनै खेतका बीचमा रहेको पाँगरको रूख तान्दा त्यसको आधा भाग चुँडिएर आएछ । त्यो रूख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रूख थलीमै रहेको जनविश्वास छ ।


नरेश पुजारा
बझाग

 

Spread the love !
  • 263
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    263
    Shares