नेप्से करिब ५० अंकले बढ्यो, ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट


[ss_social_share]
लेखक : लेखापढी      १५ पुष २०७७, बुधबार १६:२९ मा प्रकाशित     
नेप्से करिब ५० अंकले बढ्यो, ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि हुँदा २०६० अंकबाट माथि लागेको छ । बजार खुलेसँगै उकालो लागेको नेप्से बीचमा केही करेक्सन हुन खोजे पनि बिक्री चापभन्दा खरिद चाप बढी हुदा नेप्से बढेको छ ।

बुधबार प्रि-ओपन सेसनमै बढेर २०२३.६० अंकमा खुलेको नेप्से ४९.१७ अंकको वृद्धिसहित २०६२.०६ अंकमा बन्द भएको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स ८.८६ अंकले वृद्धि हुँदा ३९१.३० अंकमा बन्द भएको छ ।

मंगलबारको भन्दा आज कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार चार अर्ब नौ करोडको कारोबार भएको बजारमा आज ३९ हजार ९३५ वटा कारोबारमा २०८ कम्पनीको ९९ लाख १० हजार ००३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २३ हजारको कारोबार भएको छ ।

विकास होटेल र विकास बैंकबाहेक अन्य सबै समूहको सूचक सकारात्मक हुँदा बजारको नेतृत्व नेपाल दूरसञ्चार कम्पनी र नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोष रहेको अन्य समूहले गरेको छ । व्यापार समूहको सूचक ९.४५ प्रतिशत, उत्पादन समूहको सूचक ६.८३ प्रतिशत र अन्य समूहको सूचक ४.६९ प्रतिशतले बढेको छ ।

यस्तै लघुवित्तको सूचक २.६६ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ सूचक पनि २.०१ प्रतिशतले बढेको छ ।
कारोबार रकममा भने शिवम् सिमेन्ट अगाडि देखिएको छ । कम्पनीको ३४ करोडमाथिको कारोबार हुँदा एनआईसी एशिया बैंकको ३२ करोडमाथि र हिमालयन डिस्टिलरीको करिब ३९ करोडको कारोबार भएको छ ।
 
बुधबार ६ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा एक कम्पनीमा भने नकारात्मक सर्किट लागेको हो । हकप्रद सेयरको बुक क्लोजपछि मंगलबारको कारोबार सकारात्मक सर्किट लागेको नागरिक लगानी कोषमा बुधबार (आज) पनि सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरी र एभरेष्ट बैंकको अग्राधिकार सेयर र मल्टिपर्पस फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यता नारायणी विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •