डीआईजीलाई उपहार मिठाइमा नङ भेटिएपछि ‘आँगन स्वीट्स’ मा छापा


डीआईजीलाई उपहार मिठाइमा नङ भेटिएपछि ‘आँगन स्वीट्स’ मा छापा

काठमाडौँ – बढुवा सिफारिसमा परेको खुसीयालीमा  डा. देवबहादुर बोहोराले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले ।

एउटा मिठाइमा मान्छेको नङ फेला परेपछि उनले तुरन्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई खबर गरे ।

सिंहले तत्कालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेतको सहकार्यमा मिठाइ पसलमा छापा हाने । घटनामा मिठाइ पसल सञ्चालक प्रकाश डोटेल पक्राउ परेका छन् ।