धनगढीका एक व्यापारी लुटिए: पेस्तोल देखाउदै लुटे पसल


[ss_social_share]
लेखक : लेखापढी      १४ पुष २०७७, मंगलवार ०४:०९ मा प्रकाशित     
धनगढीका एक व्यापारी लुटिए: पेस्तोल देखाउदै लुटे पसल

धनगढी – धनगढीमा व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ ।  धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको ”न्यू विशाल भण्डार किराना” पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले सोमबार लुटपाट गरेको पसल सञ्चालकले बताएका छन् ।

यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगद सहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताए । उनीहरुले शुरुमा रिर्चाज कार्ड मागे। रिचार्ज कार्डको रकम दिएनन्। उल्टै गल्लामा भएको ५२ हजार बढी रकम उठाउन थाले। सञ्चालक भट्टले प्रतिकार गर्न खोज्दा कन्चटमा पेस्तोल राखे र पसलमा भएको रकम र रिचार्ज कार्ड लिएर युवक फरार भए ।
प्रहरी द्वारा अनुसन्धानमा तिब्रता |

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •