एकचोटि घुमौं बझाङको सुर्मा थकुन्नाडा गाउँ !!


[ss_social_share]
लेखक : लेखापढी      १३ पुष २०७७, सोमबार १२:२५ मा प्रकाशित     
एकचोटि घुमौं बझाङको सुर्मा थकुन्नाडा गाउँ !!

चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक शैलीका  घर अनि आँखैअगाडि देखिने सेता हिमशृंखला र पहाडि दृष्य !!

बाह्रै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका छिर्ने साँघुरा गाउँ भित्रका बाटाहरु !! 

बस्तीभरि नै गहुगोरा अनुहार, पुर्खौली लवज अनि आफ्नै मातृभाषामा सामान्य कुराकानी । बझाङ जिल्लाको उत्तर तर्फ सुर्मा गाउँपालिकामा पर्ने एक सुन्दर गाउँ थकुन्नाडा गाउँले बोकेको परिचय हो यो  ।

कृषि, पर्यटन, जडिबुटी जलविद्युत क्षेत्रमा लगानी गर्ने हो भने सुर्मा गाउँपालिका मात्र होईन समग्र देश नै समृद्धिकाे मार्गतिर उन्मुख हुनेमा दुइमत छैन ।

बझाङ जिल्लाको सुर्मा गाउँपालिका पर्यटकीय विकासका दृष्ट्रिकाेणले प्रचुर सम्भावनाले भरिपुर्ण छ । यहाँ कृषि, पर्यटन, जडिबुटी लगायत जलविद्युत क्षेत्रमा लगानी गर्ने हो भने सुर्मा गाउँपालिका मात्र होईन समग्र देश नै समृद्धिकाे मार्गतिर उन्मुख हुनेमा दुइमत छैन ।

सम्भावनाको खानी हुँदा हुदै पनि प्रदेश तथा केन्द्र सरकारबाट भने सुर्मा गाउँपालिका ओझेलमा परेको छ, जस्ले गर्दा यहाँका सम्भावनाहरु उजागर गर्न सकिने अवस्था नरहेको गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुर्ण बहादुर बोहरा बताउनुहुन्छ । ‘नजिकको तीर्थ हेला’ भन्ने नेपालीमा एउटा प्रसिद्ध कथन छ । यही कथनसँग मिल्दोजुल्दाे गरि यहाँका हरेक मानिस आफू बसेको स्थानभन्दा टाढा टाढा घुम्न रुचाउँछन् ।

‘सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर सिकिन्छ’ भन्ने धारण अनुसार हरेक मानिसले ज्ञान सिक्ने एउटा प्रक्रिया भ्रमण पनि हो ।

व्यस्त समयबाट अलिकति फुर्सद निकालेर रमाउन चाहने मानिसहरु आफुले मन पराएको ठाउँ घुम्न जाने गर्छन् । ‘सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर सिकिन्छ’ भन्ने धारण अनुसार हरेक मानिसले ज्ञान सिक्ने एउटा प्रक्रिया भ्रमण पनि हो ।

बझाङको सदरमुकाम चैनपुरबाट हामीले सुर्मा गाउँपालिका ४ मा पर्ने अत्यन्तै रमणीय गाउँ थकुन्न्नाडाका लागि यात्राको सुरुवात गर्यौं । बझाङको सदरमुकाम चैनपुर रिठापाटा सुर्मा सडक हुँदै बाउलीगाड खोलाको किनारै किनारबाट अघि बढ्दै हामी सेलाखेत, बारील ज.न.प.८ मा पर्ने अत्यन्तै रमणीय बारिल झर्ना नियाल्दै, डोगडी सुर्मा देबी पावर हाउस, पटुडी, काटै (झट्ट हेर्दा लमजुङको घले गाउँ जस्तै रमणीय गाउँ), दौलिचौर हुदै हामी सुर्मा गाउँ पालिकाको वडा नम्बर ४/५ सम्मको यात्रामा चैनपुरबाट महेन्द्रा बुलेरो जीपको यात्रा अनि उकाली ओराली गर्दै करिब २० किलोमिटर दुरि पछि चिसो सुरसुरे हावाको साथमा प्राकृतिक नयाँ अनि नौलो वातावरणमा रमाउदै हामी सुर्मा गाउँ पालिकाको थकुन्नाडा गाउँ नजिक जाख भन्ने ठाउँमा जहाँ सुर्मा माताको नामबाट निर्मित श्री सुर्मा माध्यमिक बिद्यालयमा पुग्यौं ।

श्री सुर्मा माध्यमिक बिद्यालय पनि भौतिक साधन श्रोतमा अत्यन्तै आकर्षक र सुबिधा सम्पन्न भयको हामीले देख्यौं । बिद्यालय आसपास यहाँको स्थानीय सानो बजार, वडा कार्यालय, अनि स्वास्थ्य चौकी पनि रहेछ । जहाँ आगन्तुक प्रर्यटकहरुलाई बास बस्नको लागि सुबिधा सम्पन्न होटेल पसलहरुको पनि ब्यवस्थित घरहरु भएको हामीले देख्यौं ।

पाहुनालाई ईश्वर सरह व्यवहार गर्ने यहाँका सुर्मेली समुदायको मीठो मुस्कान र आत्मीत्यताले पर्यटकहरुको मन लोभिन्छ ।

यहाँ बोहरा तथा पुजारा जातिको बाहुल्यता रहेको यस गाउँलाई धार्मिक प्रर्यटकको र प्राकृतिक मनोरञ्जनको सौन्दर्य गाउँको रूपमा पनि चिनिन्छ । यहाँ अधिकांस आन्तरिक प्रयटकहरु सुर्मा देबी माताको दर्शन गर्न आउने गर्छन ।

यहाँको समुदायहरु हिमाली दृश्यको काखमा, जहाँ दुर्गा भगवती मन्दिर तथा सुर्मा देबी माताको अत्यन्तै ठुलो तिर्थस्थलको रूपमा आफ्नो कला र संस्कृतिमा लयवद्ध छ । पाहुनालाई ईश्वर सरह व्यवहार गर्ने यहाँका सुर्मेली समुदायको मीठो मुस्कान र आत्मीत्यताले पर्यटकहरुको मन लोभिन्छ । सुर्माका यिनै बहुमुल्य इतिहास, हिमशिखरहरुको दृश्य, कलात्मक संस्कृति, परम्परा अनि हृदयस्पर्शी व्यवहारमा केही दिन बिताउन भनेर साबिकको सुर्मा गा. बि.स. हाल सुर्मा गाउँपालिका ४/५ का हामी धेरै वटा गाउँ टोलहरुमा घुम्यौं ।

सुर्मा देबीको आस्थाका लागि स्थानीयवासीले थकुन्नाडा गाउँका प्रबेशद्वारका निमित्त ढुङ्गाबाट निर्मित गेटहरु (खोलादेली) अनि पैदल मार्गका लागि गोरेटो बाटाहरु निर्माण गरेका छन् ।

सैनगाउँ,काडा, थकुन्नाडा,जुकेना, घट्ट, रोट्या, जाख, गरेना , भेरा, भेलात, अल्का, जडा, सुपा गाउँले हामीलाई अन्तर हिर्दय देखि नै लोभ्याए । यहाँबाट सुर्मा सरोवर जाने धार्मिक स्थलका महत्वपूर्ण ठाउँहरु सुनखानी हिमाल, हिमचुली, नाचनी, बुढाबिनायक, लोटनी, बर्षको एक दिन मात्रै घास काट्ने ठाउँ भुक्तोली, खोरीकोट, तितापानी, दह ताल,हराभरा भुक्तोली सामुदायिक बन, लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

स्थानीय नदी एवं खोला बाट माछा, भेडीगोठका भेडा, च्यांग्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी,अर्गानिक जेठो अन्न कोदो, फापर, रोटी, आलु, स्याउ,घरेलु माहुरी को मह, अनि स्थानीय विभिन्न परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिन पाउँछन् ।

पूर्खाको सम्मानका लागि अथवा सुर्मा देबीको आस्थाका लागि स्थानीयवासीले थकुन्नाडा गाउँका प्रबेशद्वारका निमित्त ढुङ्गाबाट निर्मित गेटहरु (खोलादेली) अनि पैदल मार्गका लागि गोरेटो बाटाहरु निर्माण गरेका छन् । गाउँमै पुजारा, बोहरा अनि सुर्मा देबीको संस्कृतिको ज्वलन्त चित्रण गर्न सामाजिक तथा सास्कृतिक कार्यमा सुर्मेलीहरु लागि परेका देखिन्छन ।

 सैनगाउँ,काडा, थकुन्नाडा,जुकेना, घट्ट, रोट्या, जाख, गरेना , भेरा, भेलात, अल्का, जडा, सुपा गाउँले हामीलाई अन्तर हिर्दय देखि नै लोभ्याए ।

जहाँ पुराना हात हतियार, भाँडाकुँडा, जाँतो, तीनतले ढुङ्गाले छाएका घरहरु, स्मारकहरु अनि सुर्मा बासीहरुको पुरातन सांस्कृतिक पोशाक जुन महिलाले लगाउने गुन्यु चोली र राडी पाखीको पहिरन चुरापोते, चादिका बाला, शिरबन्दी पुरुषको दाउरा सुरुवात अनि बुढा पाकाले खाने हुक्का यहाँ हेर्न पाइन्छ । सुर्मा बासीहरुले आफ्नो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाइराखेकै देखिन्छ ।

जहाँ सच्चा मनले पुजा गरे मनोआकाङ्क्षा पुरा गर्ने सुर्मा देबी मन्दिर पाङ्गरजडी, जस्ता स्थानको अवलोकनमा रमाउने गर्छन् ।

पर्यटकहरू गाउँ वरपर रहेको नेपालको नुमुना गाउँ घले गाउकै झल्को दिने, ढुङ्गाले कुदिएका मुर्ति, ढुङ्गाका पानीका धारा, सफा पैदल मार्ग, घरको आगनीबाट बारैमास सेताम्मे हिमाल देखिने, एक घर एक चर्पी एक धारा, ढुङ्गाले छाएका टिपिकल हेर्दा आकर्षक घरहरू,भेडीगोठ, भ्युटावर आवश्यक नपर्ने रमणीय लोभलाग्दा स- साना डाँडाहरु, घुम्दा आनन्द दिने ठाउँ सँगै फरक खाले कलात्मक सजि-सजावटले भरिएको ठाँउहरु पबित्र महान भुमी जहाँ सच्चा मनले पुजा गरे मनोआकाङ्क्षा पुरा गर्ने सुर्मा देबी मन्दिर पाङ्गरजडी, जस्ता स्थानको अवलोकनमा रमाउने गर्छन् ।

तपाई पनि एकचोटि घुम्न जाने हैन त सुर्माको थकुन्नाडा गाउँ र सैनगाँउ ?


मिन बहादुर मण्डेल
बझाङ
Email : mandelm414@gmail.com

(लेखक पेशाले शिक्षक हुनुहुन्छ । यसका साथै नेपाली कला र संस्कृतिकाे अनुसन्धानकर्ता समेत हुन्  र यस लेखापढीका नियमित स्तम्भकार समेत हुन।)

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •