झाेला : लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      १३ पुष २०७७, सोमबार ११:४४ मा प्रकाशित     
झाेला  :  लघुकथा

 

बर्षाैं अगाडि एकजना देशभक्तले हजारौंको संख्यामा हामीलाई खरिद गरे र युवाहरुकाे समूहमा बाँडे । म पनि बाँडिन पुगें ।

त्यसदिन देखि नै मेराे युवा मालिकले मलाई पिठ्युँमा बाेकेर हिँड्न थालेकाे हाे । शुरु शुरुमा कपी किताब हालेर बाेक्थ्याे । पछि उसले कपी किताब फ्याकेर इँटा ढुङ्गाका टुक्राहरु बाेक्याे ।

पुलिसले लाठीचार्ज गर्दा कतिपटक सुरक्षाकवच बनेर मैले उसकाे ढाड जाेगाएँ । मालिक झन् झन् उग्र क्रान्तिकारी बन्दै गयाे ।

उसकाे मालिकको आदेशमा तिनै इँटा ढुङ्गाका टुक्राहरु पुलिस माथि बर्षायाे । पुलिसले लाठीचार्ज गर्दा कतिपटक सुरक्षाकवच बनेर मैले उसकाे ढाड जाेगाएँ । मालिक झन् झन् उग्र क्रान्तिकारी बन्दै गयाे । उसले बारुद र बम लादेर बाेक्न थाल्याे ।

इँटा, ढुङ्गा, बम बारुद बाेक्ने मालिकले नाेटका बिटा बाेक्न थाल्याे । पछिल्लो समय मेराे मालिकले सुनका लाप्सा पनि बाेकेकाे थियाे ।

पहिला पहिला मालिक दशैमा घर जाँदा केही जाेर लत्ताकपडा, चिनी चियापत्ती हालेर बाेक्थ्याे । खै कसरी हाे मालिक अचानक धनी भयाे । इँटा, ढुङ्गा, बम बारुद बाेक्ने मालिकले नाेटका बिटा बाेक्न थाल्याे । पछिल्लो समय मेराे मालिकले सुनका लाप्सा पनि बाेकेकाे थियाे ।

आज चारदिन बितिसक्यो मलाई कुनामा फ्याकेर मेराे मालिक बाहिर निस्केकाे अझसम्म फर्किएको छैन

यतिबेला मेराे फित्ता छिनेकाे, गाेजी च्यातिएकाे, चेन बिग्रेको र रङ्ग खुइलिएकाे छ । आज चारदिन बितिसक्यो मलाई कुनामा फ्याकेर मेराे मालिक बाहिर निस्केकाे अझसम्म फर्किएको छैन ।

अस्ति उसले गुनगुन गरेकाे सुनेकाे थिएँ । उसका मालिकहरु छुट्टिए रे । मेराे मालिक फर्केर आउला कि नआउला ? कतै उसले “नयाँ मालिककाे नयाँ झाेला पाे बाेक्याे कि !”


नारायण पाैडेल
चितवन


“आधुनिक नेपाली लघुकथा समूह” सँगको सहकार्यमा प्रत्येक हप्ताको सोमवार लघुकथा प्रकाशित गर्दै आएका छौ।”


यहाँका लेख-रचना हामीलाई ईमेल मार्फत पनि पठाउन सक्नुहुनेछ:
email- lekhapadhee@gmail.com 
visit us: www.lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •