चिनिया कम्युनिस्ट पार्टी प्रतिनिधिले प्रचण्डलाई नेकपा विभाजित नहुनुपर्ने भने


[ss_social_share]
लेखक : लेखापढी      १३ पुष २०७७, सोमबार १४:५२ मा प्रकाशित     
चिनिया कम्युनिस्ट पार्टी प्रतिनिधिले प्रचण्डलाई नेकपा विभाजित नहुनुपर्ने भने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

हिजोदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार बिहान अध्यक्ष प्रचण्डलाई भेटेको थियो ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा चीन नेकपा एकताकै पक्षमा रहेको सन्देश दिएको बताइएको छ । 

“पार्टी विभाजनको कारणबारे चासो राखेको थियो,” स्रोतले बाह्रखरीसँग भन्यो, “चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा विभाजन नहोस् भन्ने चाहेको, नेपालमा राजनीतिक स्थायित्व होस् भन्ने नै चीनको आभिप्राय रहेको उनीहरूको सन्देश थियो ।”

चिनियाँ प्रतिनिधिमण्डलले अहिले माधवकुमार नेपालसँग भेटवार्ता गरिरहेको छ ।

नेकपा विभाजनपछि चिनियाँहरूको ह्वात्तै चासो बढेको छ । पुस ५ गते नेकपा विभाजित भएपछि चिनियाँ राजदूत होउ यान्छीले पनि दौडधुप गरेकी थिइन् ।

लगत्तै चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको हो । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर अहिलेको सङ्कटबारे चासो राखिसकेको छ । आज दिनभर राजनीति भेटघाटमा चिनियाँ सक्रिय रहने बताइएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •