देशमा शासन व्यबस्थाको विकल्प खोज्न आबश्यक


[ss_social_share]
लेखक : लेखापढी      १२ पुष २०७७, आईतवार १५:०७ मा प्रकाशित     
देशमा शासन व्यबस्थाको विकल्प खोज्न आबश्यक

फरक विचार र पृष्ठभुमि बोकेका तत्कालिन २ पार्टी माओबादी र नेकपा एमालेको पार्टी एकीकरण देश, जनता र पार्टी हित भन्दा पनि तत्कालिन चुनाबमा कांग्रेशलाई ठुलो पार्टी हुन नदिने षड्यन्त्र थियो ।

फरक बिचार, फरक पृष्ठभुमि र प्रचण्ड जस्तो छेपारे प्रवृतिको मानिससंग पार्टी एकीकरण र त्यसले निरन्तता पाउने कुरामा एक सामान्य मानिसले त अनुमान गर्न सक्छ भने केपी लगायतका नेता अनभिज्ञ थिए भन्नु मुर्खता मात्र हुनेछ।

एमालेको स्वार्थ र प्रचण्ड सम्मले पनि आफ्नो क्षेत्रमा चुनाब जित्न नसक्ने अबस्था भए पछि तत्कालिन समयमा आफ्नो क्षेत्रमा चुनाब जित्नको लागी माओबादी नेताहरुको स्वार्थ पूर्तिका लागि तिन (स) शक्ति, सत्ता र राष्ट्रको सम्पति माथि कब्जा जमाउने सामुहिक स्वार्थ संगम नै पार्टी एकीकरण थियो। फरक बिचार, फरक पृष्ठभुमि र प्रचण्ड जस्तो छेपारे प्रवृतिको मानिससंग पार्टी एकीकरण र त्यसले निरन्तता पाउने कुरामा एक सामान्य मानिसले त अनुमान गर्न सक्छ भने केपी लगायतका नेता अनभिज्ञ थिए भन्नु मुर्खता मात्र हुनेछ।

एकीकरणकै दिन देखि नै पदिय भागबन्डाको आन्तरिक कलहमा फसेको नेकपाको कलहले पार्टी मात्र होइन संसद नै बिघटन गरायो, बाहिरबाट हेर्दा सामान्य लागे पनि राष्ट्रको ढुकुटी ब्रम्हालुट गर्न भागबण्डा नमिलेर चर्कियको नेकपा भित्रको आन्तरिक कलह चरम बिन्दुमा पुगेको थियो।

चितवन भरतपुरमा देउवा कांग्रेशलाई छोरी बोकाएर मेयर बनाएका प्रचण्ड एमालेले पार्टी एकीकरण वा चुनाबी तालमेल नगरेको भए कांग्रेशसंग मिलेर चुनाब लड्ने निश्चित जस्तै थियो। यो अबस्था आएको भए एमालेको लागी सत्ता बाख्राको मुखमा फर्सी हुने निश्चित थियो। यही सत्ता मोह र क्षणिक फाइदाका लागि लिएको गलत निर्णयले आज एमाले पतनको बाटो तिर जादैछ। एकीकरणकै दिन देखि नै पदिय भागबन्डाको आन्तरिक कलहमा फसेको नेकपाको कलहले पार्टी मात्र होइन संसद नै बिघटन गरायो, बाहिरबाट हेर्दा सामान्य लागे पनि राष्ट्रको ढुकुटी ब्रम्हालुट गर्न भागबण्डा नमिलेर चर्कियको नेकपा भित्रको आन्तरिक कलह चरम बिन्दुमा पुगेको थियो।

आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताब र राष्ट्रपतिलाई महाअभियोग लगाउने निश्चित भए पछि केपी संग भएको अन्तिम अनि उत्तम विकल्प संसद बिघटन नै थियो र त्यो अबसरलाई ओलीले गुम्न पनि दिएनन। संसद बिघटन गर्दा चुनाबको मिति तोक्नु पर्ने संबैधानिक बाध्यताको कारण सरकारले वैशाख १७ र २७ गतेका लागि मध्यावधिक निर्वाचनको मिति तोकेको छ। संसद बिघटन गरेको ६ महिना भित्र चुनाब गराउनु पर्ने संबैधानिक बाध्यता केपी ओली सरकारलाई छ, तर अहीलेको अबस्थामा कुनै हालतमा पनि वैशाख १७ र २७ मा मात्र होइन संसद बिघटन भएको ६ महिना, असार ४ सम्म कुनै पनि हालतमा चुनाब हुन सक्ने आबस्था छैन।

चुनाब हुन नसक्ने कारणहरु
१) कोरोना महामारी बिश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्द पहिलो खोप बिकास गरेको बेलायतमा नयाँ र झनै संक्रमित खालको कोरोना भाइरस देखिनुबाट यो स्पस्ट हुन्छ कि कोरोना भाइरस चाडै नियन्त्रणमा आउने छैन र महामारी बीचमा चुनाब सम्भब पनि छैन।
२) संसद बिघटन बिरुद्द रिट प्रधान न्यायधिसको नाडी छामेर नै संसद बिघटन गरेका केपीले संसद बिघटन बिरुद्द परेका दर्जनौ रिटमा सर्वोच्च अदालत संसद बिघटनको विपक्षमा जाने सम्भाबना धेरै कम छ, यो अबस्थामा प्रचण्ड लगायतका शक्ति केही समय सडकमा रोइला गाउने निश्चित छ त्यसको संकेत देखाई पनि सकेका छन।
३) चुनाब चिन्ह मोहन मन अधिकारी प्रधान मन्त्री हुदा ल्याएका २ कार्यक्रम बृद्द भत्ता”आफ्नो गाउ आफै बनाउ”को कारण ग्रामिण भेगमा सबैको प्यारो अनि बृद्दहरुको मानसपटल छाप छोड्न सफल सुर्य चिन्ह पूर्व नेकपा एमाले लगायत प्रचण्ड पनि आफ्नो अचल सम्पति मान्दछन चुनाबमा जाने नै आबस्था आए नेकपाको चुनाब चिन्हको विवादले ठुलै रुप लिने निश्चित छ।
४) चुनाब कसको नेतृत्वमा गराउने ? चुनाब हुने अबस्था आएमा चुनाब कसको नेतृत्वमा गराउने भन्ने बिबाद आउने निश्चित छ। केपी ओलीको सरकारको नेतृत्वमा नै चुनाबमा जादा केपीले सत्ताको आडमा शक्तिको दुरुपयोग गरेर चुनाब आफ्नो पक्षमा पार्ने आरोप प्रतिपक्ष काँग्रेस र प्रचण्ड लगायतका समुहले लगाउने छन। यो अबस्थामा दोश्रो खिल राज रेग्मी जन्माउने कसरत हुन सक्छ।

पुराना मन्त्रीले राजीनामा दिए नयाँ मन्त्री भए, नयाँ मन्त्रीहरु संगै मन्त्री निवासका गलैचा, सोफा र आसे पासे फेरिने छन तर बिडम्बना यो देश र यो देशका जनताको मुहार कहिले नफेरिने निश्चित छ। त्यसैले शासक मात्र होइन शासन ब्यबस्थाको नै बिकल्प खोज्न जरुरी छ।

५) चुनाबी ताल मेल चुनाबमा जाने अबस्था आएमा महाभारतका कौरब र पाण्डब जस्तै दुस्मन बनेका केपी र प्रचण्ड समूह काँग्रेस संग चुनाबी तालमेल गर्न हदै सम्मको कसरत गर्ने छन। केपी तर्फ झुकाब राख्नर शेर बहादुर गुट र माधब नेपाल प्रचण्ड तर्फ झुकाब राख्ने रामचन्द्र गगन थापाको गुटको किचलो पनि चुनाब समयमा नहुने एउटा कारण बन्ने छ। साथै चुनाबमा गएर आफु कम्जोर हुने अबस्था देखीय केपी समयमा नै चुनाब गराउने तर्फ़ लाग्न पनि लाग्दैनन्।

यो अबस्थामा एक मात्र संबैधानिक बिकल्प भनेको संकटकाल हो। केपीले यही विकल्प अपनाउने निश्चित छ। प्रचण्ड, शेर बहादुर लगायत संसद बिघटनको बिरोधी पक्ष सडकमा आए सुरक्षा अबस्था नाजुक भएको कारण देखाई, सडकमा नआएको अबस्था कोरोना महामारीलाई आधार बनाएर स्वास्थ्य संकटकाल लागाउने छन।

दशकौ देखि विभिन्न कारण बाट सक्रमण कालिन अबस्थामा गुज्रेको मुलुक पुन एकपटक आन्तरिक कलहको भुमरीमा फस्दै छ। पुराना मन्त्रीले राजीनामा दिए नयाँ मन्त्री भए, नयाँ मन्त्रीहरु संगै मन्त्री निवासका गलैचा, सोफा र आसे पासे फेरिने छन तर बिडम्बना यो देश र यो देशका जनताको मुहार कहिले नफेरिने निश्चित छ। त्यसैले शासक मात्र होइन शासन ब्यबस्थाको नै बिकल्प खोज्न जरुरी छ।
https://www.facebook.com/Lekhapadheemedia 


राजु क्षेत्री 
न्युयोर्क, अमेरिका

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •