चिनियाँ कम्युनिस्ट पार्टीको काठमाडौँ भ्रमण: भारतको बिशेष चासो


[ss_social_share]
लेखक : लेखापढी      १२ पुष २०७७, आईतवार ०३:५३ मा प्रकाशित     
चिनियाँ कम्युनिस्ट पार्टीको काठमाडौँ भ्रमण: भारतको बिशेष चासो

काठमाडौँ –  चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय उच्चस्तरीय आइतबार काठमाडौं आउने भएको छ । टोली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न उक्त टोली नेपाल आउने आकलन गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सत्तारूढ दल नेकपा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहमा विभाजन भएर अब कानुनी मान्यता प्राप्त गर्न मात्र बाँकी रहेको छ । यही अवस्थामा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेका हुन् । उक्त टोलीमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानलगायत सहमागी रहेको बताइएको छ ।

भारतीय संचार माध्यमले राष्ट्रपतिको आदेशमा चार सदस्यीय कम्युनिस्ट नेताहरूको टोली काठमाडौं आउन लागेको उल्लेख गरेका छन् । यद्यपि, चिनियाँ अधिकारीले भने भ्रमणबारे जानकारी सार्वजनिक गरेका छैनन् । 
https://www.facebook.com/Lekhapadheemedia

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •