असफल राजनैतीक व्यवस्था र अबकाे बाटाे


[ss_social_share]
लेखक : लेखापढी      ११ पुष २०७७, शनिबार १४:४२ मा प्रकाशित     
असफल राजनैतीक व्यवस्था र अबकाे बाटाे

ज नेपाल बिदेशीको खेलमैदान बनेको छ । बिकाशको नारा दिएर बिनाश गरिएको छ । लोकतन्त्र, गणतन्त्र जे भनेतापनी लूटतन्त्र र मनपरीतन्त्र आजको वास्तविक अवस्था हो ।

जनतालाई धम्क्याएर, तर्साएर ल्याइएको यो ब्यवस्थाले जनताको कुनैपनी चाहना पूरा गर्न सकेन । तर आजको यो बिकराल अवस्था कसरी र के कारण आयो त भनेर हामिले बुझ्नुपर्ने हुन्छ । ईतिहास हेर्ने हो भने नेपाल र नेपालीको दुर्गतिको कारक २०४७ सालको संविधान नै हो भन्ने छर्लङ्ग देखिन्छ । दलहरूले असीमित शक्ति अभ्यास गर्ने छुट दिएको २०४७ को संविधानकै कारण हामिले जे गरेपनि त्यो प्रजातान्त्रिक र लोकतान्त्रिक हुन्छ भनेर दलहरू मत्तसुर बने ।

दलहरूले असीमित शक्ति अभ्यास गर्ने छुट दिएको २०४७ को संविधानकै कारण हामिले जे गरेपनि त्यो प्रजातान्त्रिक र लोकतान्त्रिक हुन्छ भनेर दलहरू मत्तसुर बने ।

हामीले जुन ब्यवस्थालाई प्रजातान्त्रिक वा लोकतान्त्रिक भनेर मानेका छौँ वास्तवमा त्यो दोश्रो बिश्वयुद्ध पछि बिश्वमा आफ्नो प्रभुत्व जमाउन चाहने शक्ति राष्ट्रहरुको रणनैतिक प्रणाली मात्र हो । उनीहरुले प्रजातन्त्र वा लोकतन्त्रको नाममा अन्य राष्ट्रमा घुस्न अपनाएको यो शासन प्रणालीलाई अपनाएकै कारण आज हामी नेपालीले वास्तविक प्रजातन्त्रको स्वाद लिन पाएका छैनौं । अर्को “राष्ट्रका जनता फुटाउ र राज गर“को रणनीति अनुरुप तयार पारिएको प्रणालीलाई विश्वभरी प्रजातान्त्रिक प्रणाली हो भनेर ब्याख्या गर्ने काम पनि तिनै शक्तिशाली राष्ट्रहरुले गर्दै आएका छन् । जसबाट उनीहरु दोश्रो बिश्वयुद्धको बेला जसरी सोझै आफैले शसस्त्र युद्ध गर्नुपर्ने अवस्थामा रहेनन् ।

जुन देशमा हस्तक्षेप गरेर राज गर्ने हो त्यही देशका जनतामा बिभाजन ल्याईदिने र साखुल्ले बनेर प्रजातान्त्रको रक्षकको भेषमा त्यहाँबाट लाभ लिने खेल खेल्न थाले । त्यही रणनीति अन्तर्गत ल्याइएको संविधान थियो २०४७ सालको संविधान । जुन २०४७ सालले बिदेशी हस्तक्षेप भित्र्यायो, जुन ४७ सालले भ्रष्टाचारको बीउ रोप्यो, घर, समाज, मजदुर, किसान, विद्यार्थी, कर्मचारी, सबै बर्गमा फुट ल्यायो । जुन ४७ सालले बिद्रोह जन्मायो र राजतन्त्र समेत समाप्त पार्यो , हिन्दुराष्ट्र पनि समाप्त पार्यो । आज फेरि त्यही ४७ को संविधानको हामीले माग गर्ने ? संसार धेरै अगाडी बढीरहेको बेला हामी ३० बर्ष पछाडि फर्किने कि २०७७ को नयाँ सोच, नयाँ अनुहार लिएर भविस्यको लागि सोच्ने ?

प्रश्न
संसार धेरै अगाडी बढीरहेको बेला हामी ३० बर्ष पछाडि फर्किने कि २०७७ को नयाँ सोच, नयाँ अनुहार लिएर भविस्यको लागि सोच्ने ?

राणा शासनको विकल्पमा प्रजातन्त्रको बाटो खुल्यो, जनता त्यो बाटोमा आए । तर, त्यो प्रजातन्त्रले राष्ट्र नै नरहने अवस्था आएपछि राजा महेन्द्रले पञ्चायतको नयाँ बाटो खोलिबक्स्यो । २०१७ सालका जनता त्यो नयाँ बाटोमा आए । तर बिस्तारै पञ्चायतमा पनी विकृतिहरु आउन थालेपछी संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको बाटो खुल्यो । जनताले त्यो बाटो स्विकारे । फेरि त्यो ब्यवस्थामा पनि विकृति आउन थालेपछि लोकतन्त्रको बाटो आयो र जनताले त्यो बाटो राम्रो हुन्छ भनेर बिश्वास गरे र त्यो बाटोमा आए । के अब २०७७ को नयाँ सोच लिएर नेपाल र नेपालीको लागि नयाँ बाटो खोल्नु आवस्यक छैन ?

पञ्चायती मौलिक प्रजातन्त्रको अन्त्य पछि हामीले आयातित ब्यवस्था मात्रको आधारमा शाशन चलाएका छौँ ।

आज ईतिहास हेर्दा श्री ५ महेन्द्रद्वारा प्रवर्तित पञ्चायत बाहेक हामीले अर्को मौलिक ब्यवस्था स्थापित गर्नै सकेनौँ । पञ्चायती मौलिक प्रजातन्त्रको अन्त्य पछि हामीले आयातित ब्यवस्था मात्रको आधारमा शाशन चलाएका छौँ । के अब नेपाल र नेपालीलाई सुहाउँदो अनि यो माटोलाई मिल्दो २०७७ को प्रजातान्त्रिक पद्धति बनाउने बेला भएन ? अनि जनतालाई त्यो बाटोमा ल्याउनुपर्दैन ? यहाँ कोहि आलंकारिक (सेरेमोनियल) राजा त कोहि संबैधानिक राजा अनि कोहि धार्मिक राजा चाहियो भन्छन् । तर आज हामी नेपाली जनतालाई अभिभावक चाहिएको छ । एउटा रेफ्रीको भुमिका निर्वाह गर्ने राजाको जरुरी छ । जुन राजालाई राजनैतिक खेलमा फल भयो भन्ने र रेड कार्ड देखाउने अधिकार होस् । जसले राष्ट्र संकटमा परेको बेला भुमिका खेल्न पाओस् ।

हामीले अब नयाँ नेपाल, सुन्दर, शान्त र बिकशीत नेपाल बनाउने हो भने नयाँ सोच र नयाँ अनुहार लिएर अगाडी बढ्नुको विकल्प छैन ।

अहिलेको नेपालमा हामिलाई सक्रिय राजतन्त्र भन्दा एक कदम पछाडि र संबैधानिक राजतन्त्र भन्दा एक कदम अगाडीको रचनात्मक राजतन्त्रको (कन्स्ट्रक्टिभ मोनार्की) आवस्यकता छ । साथै हामीले अब नयाँ नेपाल, सुन्दर, शान्त र बिकशीत नेपाल बनाउने हो भने नयाँ सोच र नयाँ अनुहार लिएर अगाडी बढ्नुको विकल्प छैन ।

२०४७ सालको जनचाहना र २०७७ सालको जन चाहना फरक छ । त्यसैले हिजोका बिफल दल, विफल नेता र बिफल पद्धतिबाट देश सफल हुन सक्दैन । नयाँ बिश्व परिवेश अनुसारको नयाँ परराष्ट्र नीति, नयाँ अर्थनीति, र नयाँ राजनैतिक प्रणाली तयार गर्नुपर्ने आजको आवस्यकता हो ।

नयाँ बिश्व परिवेश अनुसारको नयाँ परराष्ट्र नीति, नयाँ अर्थनीति, र नयाँ राजनैतिक प्रणाली तयार गर्नुपर्ने आजको आवस्यकता हो ।

२०४७ को संविधानले आजका यी र यस्ता यावत जनअपेक्षालाई सम्बोधन गर्नै सक्दैन । त्यसैले परिवर्तनको निम्ति टेक्ने २०४७ मा होईन, २०७७ मा हो । टेक्ने २०७७ सालमा भैरहेको जनआन्दोलनकै जगमा हो । यहि आन्दोलनको जगमा राजाको संरक्षकत्वमा नयाँ संविधान निर्माण गर्नुपर्ने अनिवार्य भैसकेको छ । बहुसंख्यक नेपालीको आस्था जोडिएको हिन्दु अधिराज्यको पहिचान स्थापित गर्दै नेपाली माटो सुहाउँदो मौलिक प्रजातन्त्र र लोकहितकारी शाशन प्रणाली अवलम्बन गर्नुपर्ने हाम्रो धारणा छ ।

https://www.facebook.com/Lekhapadheemedia


सिनेट श्रेष्ठ
संयोजक, बृहत राष्ट्रवादी मोर्चा
(लेखक पूर्व शिक्षा तथा खेलकुद मन्त्री हुन ।)

Spread the love !
  • 316
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    316
    Shares